# भर्खरै
Namaste Icon
Ad

कार, जीप र भ्यान जस्ता सवारी साधनकाे आयातमा प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

कार, जीप र भ्यान जस्ता सवारी साधनकाे आयातमा प्रतिबन्ध नलम्ब्याउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप, भ्यान र १५० सीसीभन्दा माथिका दुई पाङ्ग्रे सवारी साधन आयातमा गरिएको प्रतिबन्ध नलम्ब्याउन सरकारसँग माग गरेको छ ।

सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल्स क्षेत्र अत्यन्त कठिन परिस्थितिमा गुज्रिरहेको भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाव परेको भन्दै १४ वैशाखदेखि २८ असोजसम्म निजी गाडी आयातमा प्रतिबन्ध लगाएको छ ।

हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सूचकांकहरु सकारात्मक अवस्थामा पुगेका भन्दै नाडाले प्रतिबन्ध लम्ब्याउन नहुने बताएको छ । देशलाई भन्सार बिन्दुमा उठ्ने परल मूल्य भन्दा दोब्बर राजश्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पुर्‍याउने नेपालको अटोमोबाइल क्षेत्र भएको नाडाका अध्यक्ष ध्रुव थापाको भनाइ छ ।

नेपालको कुल आयातमा नीजि प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अरब रुपैयाँ) भन्दा कम रहेको प्राप्त तथ्यांकहरुबाटै स्पष्ट रहेको भन्दै थापाले यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अरब योगदान रहेको दावी गरेका छन् ।

‘नेपालमा पैठारी हुने हजारौ वस्तुहरु मध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजश्व योगदान पुर्‍याउने गर्दछ । यही कुरालाई मनन् गर्दे आयातमा लागेको प्रतिबन्ध फुकाउने वातावरण निर्माण गर्न सबैमा आग्रह गर्न चाहन्छु’ अध्यक्ष थापाले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad