# भर्खरै
Namaste Icon
Ad

किन बढ्यो डडेल्धुराको तापक्रम ?

पाँच बर्ष पहिले र अहिले डडेल्धुराको मौसममा निकै फेरबदल

किन बढ्यो डडेल्धुराको तापक्रम ?

भावना पौडेल, डडेल्धुरा । पहिला–पहिला चिसो छल्न तराईका बासिन्दा पहाँड आउने गर्थे, तर अहिले भने ठिक उल्टो भएको छ । बरु पहाडकै बासिन्दाहरु तराई झर्न थालेका छन् । पछिल्ला दिनहरुमा बस्नको लागि मधेस नै उपयुक्त भन्दै तराई झर्नेको संख्या बढ्दै गएको छ । पहाडमै जन्मिएर पहाडमै हुर्किएर र पहाडको बातावरणसँग घुलमिल भएकी डडेल्धुराको अमरगढी नगरपालिका –५ की ८१ बर्षिय बृद्धा भुवनेश्वरी साउदले चिसो पचाउने शक्ति भएपनि गर्मीमा भने पंखा नचलाइ बस्न नसकिने अवस्था आएको बताउछिन् । सून्दर रमणीय डडेल्धुरा जिल्लाको सुन्दरता अनि हावापानीमा पछिल्लो केही बर्षयता निकै नै फरक पाइएको उनको भनाइ छ ।

एकाएक हावापानीमा फेरवदल आउँदा भुवनेश्वरी साउद चिन्तामा छन् । । उनले भनिन, ‘पहिले यहाँबर्षै पिच्छे हिउँपर्ने गथ्र्योे र पानी पर्दा पानी समेत छोइ नसक्नु हुन्थ्यो, तर अहिले भने दिन प्रतिदिन गर्मी बढ्दै गएको छ ।’

उनले भनिन, ‘पहिला पहिला पानी पर्दा हिँउ परिहाल्ने भएकोले बालबालिकालाई कसरी जोगाउने चिन्ता हुन्थ्यो तर अहिले भने गर्मीबाट कसरी बालबालिका तथा आफू जोगिने भन्ने अवस्था सृजना भएको छ ।’ दिनप्रतिदिन भइरहेको फेरबदलले उनी मात्रै होइन अन्य स्थान्ीय पनि चिन्तामा छन् ।

डडेल्धुराकै अमरगढी नगरपालिका ४ की ६५ बर्षिया हरिकला सुनाले पनि डडेल्धुराको मौसममा निकै फरक पाएको बताइन् । उनले भनिन, ‘५–६ बर्ष पहिले यहाँ निकै जाडो हुने गथ्यार्,े भने पानी त झन छोइ नसक्नु हुन्थ्यो । तर अहिले भने त्यस्तो छैन । केहिबर्ष यता यहाँको मौसम बिस्तारै तातो हुन थालेको छ ।’

अहिले पानी पर्दापनि खासै जाडो नहुने र पुस, माघको महिनामा समेत पहिलेको तुलनामा जाडो घट्दै गएको उनले बताइन् । उनले भनिन, ‘पहिले यहाँ बस्तीपनि निकै पातलो थियो, घरहरु थोरैथिए तर अहिले घरहरु थपिए गदै मानिसहरुको संख्या पनि बढ्दै गयो गर्मी धेरै हुन थालेको छ ।


किसानलाई समेत बढ्दो तापक्रमले थप्यो चुनौती

बढ्दै गएको तापक्रमले गर्दा डडेल्धुराका किसानले समेत चुनौती खेप्नु परेको छ । कृषि पेशालाई नै अंगालेर बसेका यहाँका किसान पानी नपर्दा समस्यामा पर्ने गरेका छन् । धान रोपाइँ गर्ने सिजनमा नै यहाँ पानी नपर्दा किसानहरु चिन्तामा थिए । आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको गन्याँपधुरा गाउँपालिका १ का दत्तराज अवस्थीले बताए । नदीमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा पानी सिँचाइ गर्दा घन्टौं समय लाग्दा किसानहरूले थप समस्या झेल्नु परेको थियो ।

डडेल्धुराका केही ठाउँका किसानहरूले आकाशेपानीको भरमा धान रोपाइँ गर्ने गरेका छन् । तर, असारको महिना लाग्दापानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका थिएनन् । असार पहिलो हप्तामै डडेल्धुराका अधिकांश ठाँउहरूमा रोपाइँ सकिन्थ्यो । तर साउन महिनामा जसोतसो सुदूरपश्चिमकै प्रसिद्ध घटालथानमा बोका भाकल गरेर किसानहरुले पानी पारेको कुरा पनि त्यतिवेला चर्चामा आएको थियो । पानी अभावकै कारण किसानले रोपेका धान पनि सुकेका थिए । किसानलाई रोपाइँ ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रमा धानखेती हुने गरेकोे कृषिज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए ।


किन बढ्यो डडेल्धुराको तापक्रम ?

डडेल्धुरामा वन बिनाश, कार्वनडाइ अक्साइड, जथाभावि फोहरमैला, बढ्दो शहरीकरण, पक्किघरहरु निर्माण हुनु र जथाभाबि डोजर चलाउनु जस्ता कारणले गर्दा तापक्रममा बृद्धी हुँदै गइरहेको जल तथा मौसम बिज्ञान कार्यालय डडेल्धुराले जनाएको छ । जल तथा मौसम बिज्ञान कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारका अनुसार बिगत पाँच बर्षको डडेल्धुराको मौसम सम्वन्धि तथ्याङ्क हेर्ने हो भने पाँच बर्ष पहिले र अहिले मौसममा निकै फेरबदल भएको छ ।

तपक्रममा फेरबदल हुुनुको मुख्य कारण नै जथाभावि डोजर चलाउनु, पक्किघरहरु निर्माण हुनु तथा बढ्दो शहरीकरण रहेको उनले बताए । डडेल्धुरा जिल्लाको बिगत ५ बर्षको तथ्याङ्क हेर्ने हो भने सन २०१७ को मे महिनामा अधिकतम तापक्रम २९.० डिग्री सेल्सीयस र जनवरी महिनामा न्युनतम तापक्रम –०.३ डिग्री सेल्सीयस रहेको छ। यस्तै बर्षा भने जुलाई महिनामा सबैभन्दा बढी ६४७ मिलीमिटर बर्षा भएको छ ।

यस्तै सन २०१८ को जुन महिनामा सबैभन्दा बढि ३०.५ अधिकतम तापक्रम थियो भने जनवरी महिनामा सबै भन्दा कम –०.१ न्युनतम तापक्रम थियो । २०१८ को अगस्ट महिनामा सबैभन्दा बढी ४२७.९ मिलीमिटर बर्षा भएको जल तथा मौसम बिज्ञान कार्यालय डडेल्धुराको तथ्याङ्मा छ ।

यस्तै सन २०१९ को मे महिनामा ३१.२ अधिकतम तापक्रम थियो भने जनवरी महिनामा –०.७ न्युनतम तापक्रम थियो र सेप्टेम्वर महिनामा सबैभन्दा बढि २५६.९ मिलीमिटर बर्षा भएको छ ।

सन २०२० को मे महिनामा पनि डडेल्धुरा जिल्लामा सबैभन्दा बढि ३१.२ अधिकतम तापक्रम थियो । न्युनतम तापक्रम जनवरी महिनामा –१.५ मिलीमिटर भएको थियो भने बर्षा सबैभन्दा बढि जुलाई महिनामा ४२९.७ मिलीमिटर भएको थियो ।

यस्तै सन २०२१ को तथ्याङ्क हेर्ने हो भने सेप्टेम्वर महिनामा सबैभन्दा बढि २८.५ अधिकतम तापक्रम थियो। न्युनतम तापक्रम जनवरी महिनामा १.९ थियो। सन २०२१ कै अक्टुवर महिनामा सबैभन्दा बढि बर्षा ४२०.१ मिलीमिटर भएको तथ्याङ्कमा उल्लेख छ । यसैबीच सन २०२२ को जुलाईसम्मको तथ्याङ्कहेर्दा जुन महिनामा ३२.० अधिकतम तापक्रम थियो भने फेबुअरी महिनामा –०.९ न्युनतम तापक्रम थियो । बर्षा भने जुलाई महिनामा २२५.८ मिलीमिटर भएको जल तथा मौसम बिज्ञान कार्यालय डडेल्धुराको तथ्याङ्मा उल्लेख गरिएको छ ।

 

सम्बन्धित समाचारहरु

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस

Ad