# भर्खरै
Namaste Icon
Ad

कोमाकीको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

कोमाकीको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा कोमाकी ब्राण्डको नयाँ इलेक्ट्रिक स्कुटर भेनिस इको भित्रिएको छ । नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले इलेक्ट्रिक स्कुटर भेनिस इको भित्र्याएको हो ।

फायर रेजिस्टेन्स लिथियम आयोन फेरो फस्फेट ब्याट्री जडान गरिएको उक्त इलेक्ट्रिक स्कुटरमा आगलागी हुने जोखिम कम हुने कम्पनीले बताएको छ । सो ब्याट्रीलाई २ हजार साइकल सम्म प्रयोग गर्न सकिन्छ । एक पटकको फुल चार्जमा यस स्कुटरलाई १०० किलोमिटर सम्म चलाउन सकिने दाबी गरिएको छ ।

रिजेनेरेटिभ ब्रेकिङ सहितको कन्ट्रोलर उपलब्ध रहेको यस स्कुटरलाई इको, कम्फर्ट, स्पोर्ट र टर्बो मोडमा चलाउन सकिन्छ । हाल यसको मूल्य नेपाली बजारमा २ लाख ५९ हजार रुपैयाँ तोकिएको छ । तर पहिलो १०० ग्राहकका लागि भने कम्पनीले आकर्षक अफर पनि ल्याएको छ । पहिलो १०० ग्राहकका लागि कम्पनीले २४ हजार रुपैयाँ छुट दिएको छ अर्थात् २ लाख ३५ हजारमै लिन सकिन्छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad