# भर्खरै
Namaste Icon
Ad

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

रामप्रसाद रिजाल । एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्ररी जान सकेका छैनन् ।

भगबती चौधरीले ०७४ सालको निर्वाचनमा गच्छदारले सत्ता र कुर्सीको आडमा मतदान र मतगणनामा व्यापक धाँधली गरेको आरोप लगाउँदै बदर भएको मतपत्र पुनः गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट हालेपछि विजयोत्सव समेत मनाउन नसकेका गच्छदार त्यसपछि बहुचर्चित ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि झनै कमजोर बनेका छन् । कुनैबेला कम्युनिस्ट हुँ भन्नेहरुलाई दिउसै कुटपिट गर्ने यो क्षेत्रमा भगबती चौधरीकै कारण मात्र गच्छदार कमजोर भएका हैनन् । ६ पल्ट सांसद र उपप्रधानमन्त्री सहित १३ पल्ट शक्तिशाली मन्त्री भएका उनले आफ्नो क्षेत्रको विकासका लागि सिन्को नभाँचेका कारण पनि कमजोर भएका हुन् ।

आजसम्म सानादेखि ठूला कुनैपनि समस्या समाधान भएका छैनन् । एकपल्ट हैन पटकपटक चुनाव जिताएर गच्छदारलाई पठाइयो तर, उनले आफ्नो वाहेक जनताकालागि कतै केही गरेनन् । गच्छदारलाई हराएपछि मात्रै हाम्रो क्षेत्रको मुहार फेरिन्छ । यसका लागि अब कुनैपनि शक्तिले हामीलाई रोक्न सक्दैन ।

गच्छदारको हुकुमी शासनका विरुद्ध जनताले १० वर्ष अगाडी नै बगावत गरेपनि सत्ता र पैसाको भरमा चुनाब जितेको बुझाई छ । ०७० साल र ०७४ सालको निर्वाचनमा गच्छदारलाई भगबतीले कडा टक्कर दिएकी थिइन् । ०७० सालमा ३६४ मत र ०७४ मा ३२१ मतले गच्छदारले चुनाब जिते पनि विजय जुलुस निकाल्न सकेनन् ।

रामप्रसाद रिजाल

रक्सी, मासु र पैसाको चलखेल

विकासका दृष्टिकोणले जिल्लाकै कमजोर क्षेत्रका रुपमा रहेको यहाँका धेरै समुदायमा शिक्षाको अभाव छ । खासगरी दलित, मुसहर, मुस्लिम जस्ता शिक्षाको पहुँचबाट बञ्चित समुदायमा गच्छदारले मासु, रक्सी र केही रुपैंयामा भोट किन्ने गरेको आरोप छ । गढी गाउँपालिका २ का स्थानीयका अनुसार त्यसबेला प्रशासनले केही सजगता अपनाएको भए गच्छदारको युग समाप्त भइसक्थ्यो । निर्वाचनको २ दिन अगाडीको मौन अवधिमा गच्छदारले गाउँगाउँमा मासु, रक्सी र पैसा पठाएर भोट किन्ने गरेको आरोप छ ।


टुकी मुनीको अध्यारो

जनतालाई शिक्षा, स्वास्थ्य र चेतनाको पहुँचबाट टाढा राखेर राजनीति गर्नु गच्छदारको विशेषता हो । अहिलेपनि उनको क्षेत्रमा गुणस्तरीय विद्यालय, प्राविधिक शिक्षालय छैनन् । दलित, विपन्न र मुसहरका बालबालिकाहरु विद्यालय जाँदैनन् । गइहाले पनि शिक्षक र पूर्वाधार नभएका सामुदायिक विद्यालयमा गएर दिन कटाउनु बालबालिकाको नियति हो । क्षेत्रका तनमुना, छिटाहा, अमडुवा, बर्जु जस्ता क्षेत्रमा स्तरीय विद्यालय छैनन् । अर्काको घरमा जनीबनी गरेर खाने समुदायले बोर्डिङ स्कुलमा महंगो शुल्क तिरेर पढाउन सक्दैनन् ।

त्यसो त यहाँका बोर्डिङ स्कुल पनि नाम मात्रका छन् । सामान्य पुर्वाधार पनि छैनन् । ‘उहाँ पटकपटक भौतिक पूर्वाधार, सडक, पर्यटन, कृषि जस्ता महत्वपूर्ण मन्त्री बन्नु भयो तर, यो क्षेत्रमा राम्रो सडक, राम्रो स्कुल, राम्रो योजना दिनु भएन ।’ बर्जु गाउँपालिका वडा नं. ५ का सद्दाम अन्सारी भन्छन् । सुनसरी ३ सँग सीमा जोडिएका इटहरी र विराटनगरको विकासमा आकाश जमिनको फरक छ । कृषि, पर्यटन जस्ता क्षेत्रमा अपार संभावना भएपनि यो क्षेत्र टुकी मुनीको अँध्यारो जस्तो छ ।

गच्छदारले गाउँको विकास गर्न मात्र हैन यहाँका जनता शिक्षित र स्वरोजगार हुन भन्ने पनि चाहेनन् । जनतालाई गुमराहमा राख्दै हुकुमी शैली अपनाएकै कारण जनताहरुमा राजनीतिक, सामाजिक चेतना छैन । १० वर्षअगाडी सम्म गच्छदारको ‘डमी’ पठाई दिएपनि चुनाब जित्छ भन्ने थियो । पहिला त चुनाबका बेला एकाध दिन आउँथे, गाडी र मोटरसाइकलका लावालस्कर सहित सरर हात उठाउँदै डुल्थे । उनका कार्यकर्ता र गुण्डाहरुले घरघर गएर भोट नहाले जेपनि गर्छौं भन्दै धम्क्याउँथे । दुहवी ९ छाताबेलीका स्थानीय भन्छन् ।

छातावेली मुस्लिम समुदायको बाहुल्यता भएको क्षेत्र हो । विगतका निर्वाचनमा यहाँबाट गच्छदारका पक्षमा ८० प्रतिशत मत जान्थ्यो । तर, अहिले परिस्थिति उल्टिएको छ । जनता गच्छदारलाई पुनः मत दिएर अझै १० वर्षपछि पर्ने मनस्थितिमा छैनन् । त्यसो त, उनले जितेपनि भ्रष्टाचारको मुद्दा लागेकाले सांसद हुन पाउँदैनन्, सपथ खान पाउँदैनन् । संसद विकास कोषको कुनैपनि बजेट चलाउन पाउँदैनन् ।

गएको असारमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले २ पालिकामा जित हासिल गर्दा एउटा उपमहानगरपालिकामा दुई तिहाई वडा र उपप्रमुखमा जित हासिल गरेको छ । दुहवी नगरपालिकामा पनि एमालेले आफ्नो जनमत बढाएकाले योपल्ट गच्छदारलाई चुनाब जित्छु भन्ने छैन ।


भ्रष्टाचारबाट चोखिने मेलो

यद्यपि, सामदाम दण्ड भेदको राजनीति गर्ने गच्छदारले ललिता निवास जग्गा प्रकरणबाट मुक्ति पाउनकै लागि चुनाबमा उठेका छन् । चुनाब जितेर गएर विशेष अदालतमा विचाराधिन मुद्दाबाट पार पाउन सकिन्छ कि भन्ने उनको ध्याउन्न छ । त्यही भएर गच्छदारले गिनीज बुकमा नाम लेखाउनका लागि एकपल्ट जिताउनु भन्दै जनतालाई भ्रम फैलाइरहेका छन् । आफु ६ पल्ट सांसद भएको अब एकपल्ट जित्दा थारुको छोरोले गिनीजबुकमा नाम लेख्छ भन्दै भ्रम फैलाईरहेका छन् । तर, पछिल्लो १० वर्षयता क्षेत्रमा गच्छदारको विकल्पमा जनताहरु उत्रिएकाले यो पल्ट उनको राजनीति समापन हुने अन्तिम अवस्थामा रहेको देखिन्छ ।

गच्छदारले जातीय भावनात्मक विषय जोडेर चुनाबी प्रचार गरेपनि मतदाताहरु परिवर्तनको पक्षमा देखिएका छन् । अबपनि गच्छदारलाई जिताएर पठाउने हो भने यो क्षेत्र ५० वर्षपछि धकेलिने र उनलाई भ्रष्टाचारको मुद्दा समेत लागेकाले जितेपनि सांसद हुन नपाउने संसद विकास कोषको बजेटसमेत क्षेत्रमा नआउँदा विकासका कामहरु केही नहुने भएकाले नेतृत्व परिवर्तन गर्नैपर्ने स्थानीय युवाहरूकाे भनाई छ ।


भगवती चौधरीका विकासे एजेण्डा

गच्छदारसँग तेश्रो पटक प्रतिष्पर्धा गरेकी भगबती चौधरीले भने सुनसरीलाई विकासको राजधानी बनाउने गरी एजेण्डा बनाएकी छिन् । ३० वर्षदेखि आर्थिक, सामाजिक, राजनीतिक रुपले पछि परेको क्षेत्रलाई ५ वर्षमै विकासको पथमा लैजाने बताएकी छिन् ।

पार्टीको कार्यकर्ता प्रशिक्षण र निर्वाचन परिचालन कार्यालयहरु उद्घाटनमा जाँदै गर्दा चौधरीले आफु सत्तामा नपुगेपनि व्यक्तिगत पहलबाट जनताका लागि धेरै काम गरेको, उद्यमशिलता मार्फत हज्जारौं महिला, युवाहरुलाई स्वरोजगार बनाएको तथा केन्द्र र प्रदेश सरकार मार्फत विभिन्न बजेट र योजनाहरु क्षेत्रमा ल्याएको बताउँछिन् ।

मंसिर ४ गतेको निर्वाचन जितेर गएर आफ्नो क्षेत्रको मुहार फेर्ने चौधरीको दावी छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, स्वरोजगार, सुशासन, महिला तथा बालबालिका र जेष्ठ नागरिकका सवालमा स्थानीय, प्रदेश र केन्द्र सरकारसँग जोडिएर काम गर्ने चौधरीको योजना छ ।

(रिजाल नेकपा एमालेका युवा हुन् ।)

सम्बन्धित समाचारहरु

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद

मेनका पछाई । ठुलो उद्येश्य बोकेर लामो गतब्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीबनदेखी लागेको मान्छे हु, यो पटक पनी माननीय नहुदा निरास छैन ।यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad