# भर्खरै
Namaste Icon
Ad

गुल्मीका लक्ष्मण भण्डारी कसरी बने दुबईको होटल सेफ ?

गुल्मीका लक्ष्मण भण्डारी कसरी बने दुबईको होटल सेफ ?

खगेन्द्र हमाल, सुर्खेत ।  तिब्र गतिमा बिकशित भैरहेको र सन्सारकै ब्यापारिक केन्द्रको रुपमा पहिचान बनाएको मध्य पुर्वि देश UAE (Dubai) जहॅा विश्वभर बाट लाखौ मानिसहरु घुम्न, ब्यापार गर्न र रोजगारीको लागि आउने गर्छ्न । जसमध्य जिवनमा केहि सिक्ने र समाजमा एउटा छुट्टै पहिचान बनाउने उद्देश्य लिएर नेपाल देखि दुबई आउने मध्यका गुल्मीका लक्ष्मण भन्डारी पनि एक हुन् । भण्डारीले विदेशमा आएर अनेक तरहका दुख र समस्याहरु झेल्दै आज एउटा राम्रो रेष्टोरेण्टमा हेड सेफको रुपमा काम गरिरहेका छन् । जिवनमा अगाडी बढ्ने र केही नयॅा गर्ने लक्ष्य लिएर हिडेका भण्डारी भारतको मुम्बई बाट आफ्नो वैदेशीक यात्रा सुरु गरेका थिए ।


भण्डारीले भारतका विभिन्न होटेलहरुमा काम गर्दै धेरै कुरा सिके र होटल व्यवस्थापनमा अगाडी बढ्दै गए । मुम्बईको धारावी स्थित न्यू होटेल सत्कार होटलमा किचन हेल्परबाट काम शुरु गरेका उनले छोटो अनुभवको सफलता पछि मेला रेष्टोरेण्ट वर्लीमा करिब तीन बर्ष करी सेफको रूपमा अनुभव संगाले।भारतका विभिन्न चर्चित रेस्टुरेन्टमा काम गर्दै भण्डारी गाडी अक्षय फेमिली रेष्टोरेण्टमा तन्दुरी तथा करी कूकको काम गरेका थिए।भारतका विभिन्न होटलमा काम गर्दै आएका भण्डारीले उनले खोजेको सपनाको रेस्टुरेन्ट यो थिएन नभन्दै बीस बर्षको उमेरमा वैदेशिक रोजगारीको लागि दुबई जान बाध्य भए।


२००८ सालमा UNITED ARAB EMIRATES छिरेका उनले केहि समय DUBAI स्थित Keerthi Restaurant मा करी तथा चाइनिज सेफको काम गरे । त्यो रेष्टोरेण्टमा पनि उनले नया नया परिकार हरु बनाउनुका साथै ठुला ठुला पार्टीहरूको खाना बनाएर उत्कृष्ट सेफको नाम राख्न सफल भए।फेरी उनलाइ अरु धेरै परिकारहरु सिक्ने ईच्छा जाग्यो।यतिबेला भण्डारी UAE को शारजाह स्थित सनबर्ड क्याफेको नयॅा ब्रान्च खोल्न नेतृत्वदाई भुमिकामा रहेर करि, चाइनिज र गृल सेफको रुपमा काम गर्दै आइरहेका छन।

भारत र युएइका विभिन्न होटेलमा काम गर्दा धेरै कुराहरु सिक्नुका साथै आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनी बताउछन।यस क्षेत्रमा केकस्ता चुनौती छन भन्ने प्रश्नमा उनले जवाफ दिए, हरेक क्षेत्रमा आ–आफ्ना चुनौतीहरु हुन्छन त्यस्तै होटेल क्षेत्रमा पनि धेरै चुनौतीहरु छन । ग्राहकको टेष्टलाई मध्यनजर राखेर खाना बनाउनुपर्छ । हरेक परिकार बनाउने अगल–अलग तौर–तरिका हुन्छन, झट्ट हेर्दा सजिलो भएपनि भित्रभित्रै धेरै चुनौतीहरु हुन्छन । यही क्षेत्रलाई अँगालेर अब अगाडी बढ्ने सोच बनाएका भण्डारीको अबको लक्ष्य भनेको अमेरिका या युके गएर स्तरिय होटेलमा काम गरेर राम्रो पोष्टमा पुग्ने रहेको छ । सानै देखि खाना बनाउन रुचि राख्ने उनि आफुजस्ता शेफहरूलाई प्रोत्साहित गर्ने र खानाप्रति युवाहरूमा सकारात्मक सोच जगाउने उद्देश्य राख्ने बताउछन।


गुल्मी जिल्ला रुरु गाउँपालिका वडा न. ६ छम्दिमा बुबा तारापति भण्डारी र आमा मनरुपा भण्डारीको कोखबाट २०४४ असार ७ गते जन्मिएका लक्ष्मण भण्डारी बाल्यकाल देखि नै नरम स्वभावका थिए।मध्यम वर्गीय परिवारमा जन्मेका भण्डारीले श्री सत्यवति उच्च मावि हसरा गुल्मीमा माध्यमिक तह सम्मा शिक्षा हासिल गरेका छन् । परिवारको माइलो सदस्य भण्डारीको बाल्यकाल सामान्य तरीकाले बितेको थियो । २००४ सालमा छिमेकी मुलुक भारत गएका भण्डारीले भारतमा उनले विभिन्न होटलहरुमा काम गर्दै ८ बर्ष बिताए।होटललाईनको राम्रो अनुभव बटुलेपछी २००८ सालमा उनी वैदेशिक रोजगारीको शिलशिलामा दुबई गएका थिए।

भण्डारी यस क्षेत्रमा अझै उचाइमा पुग्न चाहन्छन । नेपालीले कामको माध्यमबाट नेपाललाई विश्व सामु चिनाएको इतिहास पनि धेरै भेटिन्छ । अहिले उनी पनि आफ्नो कला र क्षमतालाइ उपयोग गर्दै धेरै ठाउमा आफुलाइ चिनाउने लक्ष्यका साथ अगाडी बढेका छन । नेपालको फोहरि राजनीति र विवादीत बयानहरु समाचार बन्छन र जनताले पनि ति समाचारलाई सामाजिक सञ्जाल मार्फत भाइरल बनाइदिन्छन तर यस्ता धेरै युवाले विदेशमा काम गरेर पाइरहेको सफलता र उनिहरुको क्षमता माथि न त नेपाल सरकारको ध्यान जान्छ नत कसैको नजर नै।कहिलेकाही सोच्ने मन लाग्छ म बिदेशमा रहेका जस्तै हजारौं प्रतिभाहरुलाई नेपाल सरकारले स्वदेशमै बस्ने वातावरण बनाएको भए हामिले आफ्नो सिपलाई आफ्नै देशमा प्रयोग गर्ने थिए होला।हामि जस्ता युवाहरु बिदेशमा आफ्नो श्रम पसिना बगाउनु पर्दा कहिलेकाही सम्झिदा दु:ख लाग्छ उनको भनाइ थियोे ।

सम्बन्धित समाचारहरु

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।

प्रतिक्रिया दिनुहोस

Ad