# भर्खरै
Namaste Icon
Ad

एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'

एकीकृत समाजवादी उम्मेदवार जमुना सुनारलाई प्रश्न, ‘तपाईलाई किन मत दिने ?'
जमुना सुनार, उम्मेदवार एकीकृत समाजवादी अर्घाखाँची

अघाँखाचीको खनमा आमा छमकली सुनार र बुवा पिताम्बर सुनारको सुपुत्रीका रुपमा जन्मिएकी जमुना सुनार यतिबेला चुनावी मैदानमा उत्रिएकी छन । अर्घाखाँची जिल्लाबाट नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्दै कलम चुनाव चिन्ह लिएर समानुपातिक तर्फबाट उम्मेदवारी दिएकी जमुना प्रतिनिधि सभा सदस्यका लागि संघर्षरत छिन । लामो समय लोक संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेकी जमुनाले नेपाली लोक संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेकी छन् । प्रस्तुत छ उनै जमुना सुनार (सुनम) सँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको छोटो कुराकानीको सम्पादित अंश:

तपाईंले राजनीतिक यात्रा कहिलेबाट सुरु गर्नुभयो ?
मेरो राजनीतिक यात्रा स्कुले जीवनबाट नै सुरुवात भएको हो । म २०६० सालमा अनेरास्ववियुमा सगठित भएँ । अनि बिस्तारै सांगितिक यात्रामा प्रवेश गरे । २०६१ सालमा पार्टीका गित रचना गर्ने गाँउने गर्दै जनसाँस्कृतिक महासंघमा आवद्ध भएर निरन्तर विभिन्न कमिटीमा रहँदै अर्घाखाँची काठमाडौं सम्पर्क मंचमा लामो समय काम गरेँ जसले अहिलेसम्म पनि उर्जा दिएको छ ।

पारिवारिक पृष्ठभुमि राजनीति नै हो ?
मेरो पारिवारिक पृष्ठभुमि पनि राजनीति पृष्ठभुमिबाट नै अगाडी बढेको परिवार हो । २०३९ सालको जनपक्षीय निर्वाचनमा मेरो बुवा वडा अध्यक्ष लडेको इतिहाँस छ । साथै मेरो बुवा निरन्तर बहुदल प्राप्तिको आन्दोलनमा लागेको मलाई पनि नि थोरै भए नि स्मरण छ । मेरो बुवा आमाले सधैं सामाजिक न्याय,समानता र विकासका लागि लागिरहनु हुन्थ्यो । त्यसले मलाई सानै देखि राजनीतिमा लाग्ने प्रेरणा दिने गर्थ्यो ।

तपाईं कलाकारितामा आवद्ध मान्छे किन राजनीतिमा लाग्नु भयो ?
कलाकारिता पेशामा लामो समय काम गर्दा त्यस भित्रका अनेक समस्याहरु मैले नजिकैबाट बुझ्ने जान्ने अवसर पाएँ । साथै यो क्षेत्रमा केहि ज्ञान, सीप र अनुभव संगालेको छु ।खासगरी यो कलाकारिता क्षेत्रमा अनेक खालका राज्यले सम्बोधन गर्नु पर्ने नीतिगत समस्याहरु छन् । चुनौतीहरु पनि उतिकै छन् । त्यसकारण त्यसलाई सम्बोधन गर्नका लागि राजनीति नै मुल नीति निर्माण गर्ने थलो भएकोले म सो ठाउँमै पुगेर नीतिनिर्माण गरी यो कलाकारिता क्षेत्रमा पनि भविष्य छ भन्ने आम जनमानसमा विश्वस्त गर्ने अठोट लिएकी छु । त्यसकारण पनि म राजनीति गर्न तयार भएकी हुँ ।

तपाईंले उम्मेदवारी दिनुभएको क्षेत्रमा तपाईंको मुख्य प्रतिस्पर्धी दलहरु कुन-कुन हुन ?
मेरो उम्मेदवारी दिएको निर्वाचन क्षेत्र नेपाली कांग्रेस, नेकपा एमाले (एकीकृत समाजवादी) जनमोर्चा लगायतका राजनीतिक दलहरु नै मुख्य प्रतिस्पर्धी हुन ।

तपाईंसँग महिला तथा दलित समुदायको लागि केकस्ता रणनीतिहरु छन ?
दलित महिला समुदायमा विभिन्न खालका उत्पीडन र विभेदहरु अझै पनि यथावत् नै छन । त्यस्ता हरप्रकारका विभेददहरुको निरुपण गरेर विभेद तथा भेदभाव मुक्त र सामाजिक न्यायसहितको सभ्य र समतामूलक समाज निर्माण गर्ने उदेश्यका साथ अगाडि बढेको छु ।

यदि तपाईं मंसिर ४ को चुनावमा पराजित हुनुभयो भने तपाईंको राजनीतिक यात्रा टुंगिन्छ अथवा निरन्तर अगाडी बढिरहन्छ ?
राजीनामामा हारजित भन्ने कुरा स्वाभाविक हो । म पराजित हुँदैमा मेरो राजनीति यात्रा टुँगिदैन झन सशक्त ढंगले अगाडी बढ्ने छ । मेरा राजनीति एजेन्डाहरुलाई सधैं लिई मैले निर्वाचनमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर अगाडि बढ्ने आम मतदाता आमाबुवा दाजुभाई दिदीबहिनीलाई विश्वास दिलाउन चाहान्छु ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
म एउटा सामाजिक अभियान्ता पनि हुँ । मैले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सामाजिक कामहरु पनि गर्दै आएको छु । त्यस्ता सामाजिक कार्यहरू मेरो तर्फबाट आगामी दिनहरुमा पनि निरन्तर गर्ने कुरामा प्रतिवद्व छु । मसँग जोस, जाँगर उर्जा साथै जिल्लाको विकास निर्माणको सवालमा विभिन्न खालका योजनाहरु छ्न् । त्यसकारण ती यावत् विषयका समाधान गर्नका लागि एकपटक मलाई विश्वास गरेर आम आमाबुवा दाजुभाई दिदीबहिनीलाई कलम चिन्हमा मतदान गरी विजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु।

सम्बन्धित समाचारहरु

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

नेपाली ढोकामा भविष्य खोज्दै बरिष्ठ फोटोग्राफर

विगत केहि समय यता नेपाली उत्पादनलाई प्रोमोट गर्नुपर्छ भनेर लागिपरेका योगेन्द्रजङ्ग बस्नेत एक सफल व्यापारी मात्र होईनन् उनी कुशल फोटोग्राफर पनि हुन् । फोटोग्राफी गर्ने शिलशिलामा नै उनले विश्वको ९० भन्दा बढि देशको भ्रमण पनि गरिसकेका छन् । हाल उनी नेपालमै टिम्बर क्राफ्ट नामक कम्पनीमा आवद्ध छन् । विशेष गरी टिम्बर क्राफ्टले घर बनाउंदा आवश्यक पर्ने ढोका उत्पादन, विक्रि तथा वितिरण गर्ने गर्दछ । यो नेपाली ढोका उत्पादक कम्पनी हो । प्रस्तुत छ उनै टिम्बर क्राफ्ट प्रालिका प्रबन्ध निर्देशक योगेन्द्रजङ्ग बस्नेतसंग दर्पण दैनिकका केशर विश्वकर्माले गरेको कुराकानीको सारसंक्षेपः

जनप्रतिनिधिले काम गरेर बोल्ने हो, बोलेर सुनाउने मात्रै होइन  : मिना कार्की बस्नेत

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले आम नागरिकले परिवर्तन खाँचो भएको संकेत गरेका छन । देशका ठुला पार्टी र बलिया मानिएका नेताहरुलाई धक्का दिँदै लौरो निर्वाचन चिन्ह लिएर चुनावमा होमिएका धरान उपमहानगरपालिकाबाट हर्क साम्पाङ, काठमाडौं महानगरपालिकाबाट बालेन शाह (बालेन्द्र) लगायतका स्वतन्त्र उम्मेदवारहरुले बाजी मारेका छन । यसले आम नागरिकमा पार्टीप्रति बितृष्णा अनुभुति भएको देखाएको छ भने युवा पुस्तालाई राजनीतिमा ल्याउन प्रेरित गरेको छ । त्यस्तै विभिन्न पार्टीभित्रका दम्भ र शीर्षस्थ नेताहरुको स्वार्थलाई समेत उदाङ्ग बनाएको छ । स्थानीय तहको निर्वाचनले नेतृत्व सचिन र आगामी मङ्सिर ४ गते हुने आसन्न चुनावमा सहि उम्मेदवारको टुंगो लगाउन राजनीतिकर्मीलाई अवसर पनि दिएको छ । यसपटकको स्थानीय तहको निर्वाचनमा राज्यले पछि पारेका अल्पसंख्यक, महिला, दलित समुदायले पनि पालिका तथा वडाको नेतृत्व गर्ने अवसर प्राप्त गरेका छन । यस्तै प्रदेश नम्बर एक अन्तर्गत सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिकामा महिला नेत्री निर्वाचित भएकी छन । निवर्तमान अध्यक्ष नेकपा माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतलाई परास्त गर्दै नेपाली कांग्रेसबाट उम्मेदवार दिएकी मिना कार्की बस्नेत लिखुपिके गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उनले लगभग तीन दशक शिक्षण पेसामा बिताएकी थिइन् ।प्रस्तुत छ उनै नवनिर्वाचित अध्यक्ष मिना कार्की बस्नेतसँग दर्पण दैनिकले गरेको छोटो कुराकानी:

प्रतिक्रिया दिनुहोस

Ad