प्रतिनिधिसभा समानुपातिकतर्फ कसको मत कति ?

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।
मंगलबार बिहान साढे ६ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २५ लाख ७० हजार ८२३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले १० लाख ९२ हजार ५७७ मत पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले चौथो स्थानमा । उक्त पार्टीले १० लाख ७० हजार २५३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ४९ हजार १९८ मत पाएको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।
काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।