रवि लामिछानेले चार दिनमै सार्वजनिक गरे प्रगति विवरण !

काठमाडौं । चितवन–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेले आफू निर्वाचित भएको क्षेत्रमा विद्युत पुग्न बाँकी रहेका स्थानमा अब छिट्टै विद्युत् विस्तार हुने बताएका छन् । साथै उनले जनताले मत दिइसकेछि आफूले काम थालिसकेको बताएका छन् ।
उनी गत बिहीबार भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सोमबार राति सामाजिक सञ्जालमार्फत आफूले गरेका कामको विवरण सार्वजिक गर्दै लामिछानेले चितवको इच्छाकामना गाउँपालिकाकाे २, ३, ४, ५, ६ र ७ वडाका विद्युत नपुगेका स्थानमा छिट्टै विद्युतीय लाइन विस्तार हुने उल्लेख गरेका छन् ।
साथै उनले चितवनका किसानले वर्षाै देखि भाेगेकाे रासायनिक मलकाे अभाव अन्त्यका लागि आज आफूले कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था, भण्डारण र वितरणकाे अवस्था निरिक्षण गरेको र दुवै भेटघाट निकै फलदायी बनेको जनाएका छन् ।
आफूहरूले केन्द्रीय राजनीतिलाई पनि नजिकबाट नियालिरहेको जनाउँदै उनले निर्वाचनको सबै मत परिणाम आएपछि उचित निर्णय लिने बताएका छन् ।
सामाजिक सञ्चालमा उनले लेखेका छन्–
१) मेराे निर्वाचन क्षेत्र चितवन–२ काे इच्छाकामना गाउँपालिकाकाे २, ३, ४, ५, ६ र ७ वडाका विद्युत नपुगेका स्थानमा यही महिनाभित्र क्रमश: टेन्डर आह्वान गरी विद्युत लाइन विस्तार हुने भएकाे छ । आज विद्युत प्रधिकरणका कार्यकारि निर्देशक कुलमान घिसिङज्यूसँग तत्काल विद्युत् लाइन विस्तार गर्न छ्लफल भएकाे छ । अब छिटोभन्दा छिटाे मेराे निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नुपर्ने अवस्थाकाे अन्त्य हुनेछ ।
२) चितवनका किसानले वर्षाैंदेखि भाेगेकाे रासायनिक मलकाे अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातकाे अवस्था, भण्डारण र वितरणकाे अवस्था निरीक्षण गरेको छु । दुवै भेटघाट निकै फलदायी बनेका छन् ।
३) कालिका नगरपालिकाकाे विद्युत नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत विस्तार हुने छ ।
४) केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियालिरहेका छौँ । निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौंँ । हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।
काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।