# भर्खरै
Namaste Icon
Ad

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । बिहीबार (डिसेम्बर १) मा पठाएको सूचीअनुसार पेट्रोल/डिजेलको मूल्य केही घटेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने बढेर आएको निगमले जनाएको छ ।

आईओसीले पठाएको मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ ३८ पैसा, डिजेल ११ रुपैयाँ २६ पैसा घटेर आएको छ । निगमका अनुसार ग्यासको हकमा प्रति सिलिन्डर ४५ रुपैयाँ बढेर आएको छ ।

नयाँ मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहेको छ । ग्यासको घाटा भने बढेर प्रतिसिलिन्डर २ सय ७७ रुपैयाँ पुगेको छ । हालको मूल्य यथावत राख्दा समग्रमा अबको १५ दिनमा नाफा ५३ करोड हुने अनुमान छ । गोइतका अनुसार नोभेम्बर १६ को मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा करिब ३० करोड घाटा भएको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad