# भर्खरै
Namaste Icon
Ad

सुकुम्बासी समस्या विधि, प्रकृया र कानुनसम्मत ढंगले समाधान गराैं : जसपा

सुकुम्बासी समस्या विधि, प्रकृया र कानुनसम्मत ढंगले समाधान गराैं : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले काठमाडौंको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रिय भूमि आयोगले काठमाण्डाैं महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाडांैको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एकिकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यकरण गर्ने भन्दै त्यहाँका घरटहरा र खासगरी सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाण्डौ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रकृया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ । विद्यमान सुकुम्बासी समस्या सिंगो मुलुकको समस्या हो, गम्भीर र संयमित भई सम्बन्धीत सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ ।

 

 

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad