बाजुरामा प्रदेश सभातर्फ समाजवादीका नरेश शाहीले कति मत पाए ?
मतगणना अपडेट

मतगणना अपडेट
बाजुरा । बाजुरा प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् । कांग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको ६ हजार ५ सय ३५ रहेको छ भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका कर्णबहादुर थापाको ४ हजार ४ सय २१ पाएका छन् ।
प्रतिनिधी सभामा हिमाली गाउँपालिकाको मतगणना सकिएको छ । यस्तै प्रदेश ‘ख’ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेदवार पदमबहादुर शाहीको ३ हजार ९ सय ६४ मत रहेको भने नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले ३ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् ।
यस्तै प्रदेश ‘क’ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार अगाडि रहेका छन् । समाजवादीका उम्मेदवार नरेशकुमार शाहीले ४ हजार ४ सय ८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार बलदेब रेग्मीले ३ हजार ७ सय ४९ मत पाएका छन भने नेकपा माओवादी केन्द्रका उम्मेदवार कर्ण बिकले ४ सय ५० मत पाएका छन् ।
काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।