# भर्खरै
Namaste Icon
Ad

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद
मेनका पछाई

मेनका पछाई । ठुलो उद्येश्य बोकेर लामो गतब्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीबनदेखी लागेको मान्छे हु, यो पटक पनी माननीय नहुदा निरास छैन ।यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!

राजनीतिक पृष्ठभूमिको कुरा गर्दा मेरो बुवा नेकपाएमाले जुम्लाको संस्थापक नेतामध्य एक हो जसको प्रतक्ष्य प्रभाब ममा परेर म राजनीतिमा लागे, त्यतीबेला ६,७ कक्षा पढ्दा गाउ टोल पार्टीका कार्यक्रममा बुवाको आग्रहमा स्वागत भाषण गर्दै हिड्थे, एमाले भएकै कारण २०५७ तीर हाम्रो परीबार माओबादीबाट लखेटीएर गाउबाट जुम्ला बजारमा बिस्तापीत हुनपुग्यौ, २,४ बर्ष हामीले धेरै दुखका दीन बितायौ, बुवाले सानो ब्यबसाय गर्दै राजनीतिक गर्दै हामीलाई पढाउनुभयो २०६१ मा मैले एसएलसी पास गरेर नेपालगंज कक्षा ११/१२ पढ्दा अनेरास्वियुको क्याम्पस कमीटीको कोषाध्यक्ष भएर क्रियासील राजनीति सुरु गरे र ब्याचुलर पढ्न काठमाण्डू गएपछी २०६५मा अखीलको निर्बाचीत केन्द्रीय सदस्य हुदै केन्द्रीय सचीबालय प्रबास बिभाग प्रमुख पनी भए त्यसपछी अखीलको २१ महाधीवेसनबाट केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा ३ भोटले पराजीत भईयो भन्दा नी हराईयो क. जीवन राईलाई जिताए अहीले उहा समाजवादी पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ ।

त्यसपछी म अखीलबाट बिदा भएको बेला २०७० को संबिधान सभाको चुनाबमा मैले थाहा नपाई केही नेताले मेरो नाम पिछडीएको क्षेत्रका हीसाबले संबिधानसभा समानुपातिकमा सिफीरीस गरेका रहेछन पछी नाम पेपरमा आएपछी मेलै थाहापाए त्यतीबेता म २६ बर्षको थिए पछी मलाई बच्चा भनेर अनेक टिप्पणी गरेर सुचीबाट नाम टीपेक्स लगाएर हटाईयो। त्यसपछी म जील्ला गएर पार्टी जिल्लाको अधीवेशनबाट जिल्ला कमीटी सदस्यमा निर्बाचीत भएर लगभग डेर कार्यकाल जील्ला पार्टी राजनीतिमा काम गरे, त्यसपछी पार्टीको प्रदेश कमीटी सदस्यको रुपमा काम गरे, २०७४ चुनाबमा म कर्णाली प्रदेशको प्रदेससभा समानुपातिक परे त्यतीबेला नी अर्कोप्रदेशको रुकुमको देवी वलीलाई ल्याएर माननीय बनाईयो म परीन अहीले देबी वली समाजवादी पार्टीको नेताहुनुहुन्छ। पछी नेकपा हुदा म पार्टीको प्रदेश कमीटी सदस्य फेरी भए र अहीले पनी त्यही छु। २०७७मा नेकपा बिगठन भई एमाले बिउतिदा र एमाले पनी बिभाजन हुदा जुम्ला जील्ला एमाले सुन्य अबस्थामा पुग्दा हामी दृढ भएर पार्टी बचाउने अभियानमा लाग्यौ, २०७८मा नेकपा एमालेको १०औ महाधीबेसनमा म जुम्लाबाट महाधीबेसन प्रतीनिधी भए त्यतीबेला म साढे ८ महीनाको गर्बवती थिए अधीवेसनमा जानका लागी मीतीभन्दा २ हप्ता अगाडी डेलीबेरी गराए पछी स्वास्थ्य प्रतीकुल भएर अधीबेसन जान पाईन त्यो बेला पनी धेरै मेरा समकालीनहरुले केन्द्रीय सदस्य पाउदा म मनोनीत पनी परीन। यसपालीको चुनाबमा पनी दुधे बच्चाबोकेर जुम्लाको चिसोमा बच्चा बिरामी हुदा सम्म लागीयो तेस्रो पार्टी पहीलो भयो तर प्राथमीकतामा पर्न सकीएन ।

म समानुपातिक उन्मेदार भईरहदा मलाई हौसला दीने, सरसयोग गर्ने र पार्टी लाई पहीलो बनाउन मतदान गर्ने सम्पूर्ण जुम्लाबासी लाई हार्दिक धन्यबाद, माननीया नभएपनी जनताको सुख दुखमा अब झन नजीक भएर काम गर्नेछु। यात्रा जारी छ ! समकालीन कसैलाई अबसरमाथी अबसर दिने कसैलाई भुईबाट उठ्न नदिने, मलाई तीनपटक सुचीमा राखेर उपकार गर्ने हाम्रा नेतालाई धेरै धन्यबाद यसले गर्दा मलाई झन परिपक्क बनाएको छ!


(नेकपा एमालेनिकट अनेरास्ववियुको २०६५ सालमा सम्पन्न २० औ राष्ट्रिय सम्मेलनबाट रामकुमारी झाँक्री अध्यक्ष र माधव ढुंगेल महासचिव निर्वाचित हुँदा पहिलोपटक केन्द्रीय कमिटीमा इन्ट्री भएकी नेतृ हुन् मेनका पछाई)

सम्बन्धित समाचारहरु

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

भगवती चौधरीका विकासे एजेण्डा र गच्छदार

रामप्रसाद रिजाल । एक समय सुनसरी क्षेत्र नं ३ मा विजयकुमार गच्छदारको दवदवा थियो । तर, २०७० सालयता गच्छदार सत्तामा रहँदा पनि आफ्नै गढमा निरिह भइरहेका छन् । २०४८ सालयताका सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै चर्चा कमाएसँगै गच्छदारको राजनीति धरासायी बन्दै गएको हो । झन ०७० र ०७४ सालको निर्वाचनमा धाँधलीको आरोप लागेपछि गच्छदार मतदाता माझ पनि राम्ररी जान सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Ad