महासंघको केन्द्रीय सदश्य बनिन् सिरानचोककी उपाध्यक्ष रिता, को हुन् उनी ?

गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा गाउँपालिका महासंघको केन्द्रीय सदस्यमा निर्वाचिन भएकी छन् । आइतबारदेखि सुरू भएर ३ दिनसम्म काठमाडौंमा चलेको गाउँपालिका संघको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । ‘समृद्ध नेपालको आधार स् सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको महाधिवेशनले नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
को हुन् रिता देवकोटा
देवकोटा सिरानचोक गाउँपालिका ८ जौवारी साबिकको गाविसको तत्कालिन समयमा क्षेत्रीय कमिटीमा सदस्य हुँदै रिता देवकोटा
नेपाली कांग्रेस गोरखा जिल्ला कार्य समिति सदस्य तथा नेपाल महिला संघ जिल्ला उपसभापतिमा रहेर जिम्मेवारी पुरा गरिसकेकी छन् ।
देवकोटा श्री नवआदर्श महिला वचत तथा ऋण सहकारी सस्थाको दुई कार्यकाल अध्यक्षको महत्त्वपूर्ण भुमिका निर्वाह गरेकी थिइन् । त्यसैगरी, उनीसँग सामुदायिक वन उपभोक्त महासंघको जिल्ला कोषाध्यक्ष समेत भएर काम गरिसकेको अनुभव छ ।
बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा काम गरि आफ्नो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै अगाडी बढेकी देवकोटा २०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
सहयोगी भवना, समाजसेवी देवकोटा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ सिरानचोक गाउँपालिका उपाध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचत भएकी थिइन् । देवकोटाले विपद् जोखिम न्यूनीकरण, योजना निर्माण, जलवायु परिवर्तन अनुकुल योजना निर्माणदेखि विभिन्न कार्यमा आफ्नो भूमिका निवाह गर्दै आएकी छन् ।
२० वर्ष अगाडी देखि नै विभिन्न सामाजिक कार्यमा लाग्दै आएकी देवकोटा सबैको साथ सहयोगका कारण थप उर्जा सहित निरन्तर समाज सेवामा लाग्ने बताउछिन् ।
बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।