# भर्खरै
Namaste Icon
Ad

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

चिया बेचेर मासिक रु ६० हजार बचत गर्दै २० वर्षीया विपना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ । यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन् । विपनाले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक रु ९० हजार कमाउँदै आएकी छिन्।

बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक दुई सय कप चिया बेच्छिन् । बजारमा चियाको मूल्य रु २५ भए पनि विपनाले एक कप चिया रु २० का दरले बेच्ने गरेकी छिन् । “चिया बेचेर दैनिक रु तीन हजारका दरले मासिक रु ९० हजार कमाइ हुन्छ”, उनी भन्छिन्, “घरखर्च सबै कटाएर रु ६० हजार बचत गर्दै आएकी छु ।” । विपनाले दैनिक रु चारदेखि पाँच हजारसम्म कमाइ गरे पनि मासिकरूपमा औसत कमाइ रु तीन हजार भएको बताइन्।


माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विपना पढ्नका लागि तम्घास आएकी हुन्। उनले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्लस टु सक्काइन् । त्यसपछि फुर्सदमा भएको समयमा उनको सोच जागिरभन्दा पनि आफैँले केही गरौँ भन्ने भयो । त्यसपछि चिसो तम्घासमा तातो चिया बेच्ने कल्पना गरिन् । मामाघरमै चिया पकाउने थर्मसभरि चिया राखेर गिलासहित बजार डुलेर चिया बेच्ने राम्रो भएमा निरन्तरता दिने होइन भने छाड्ने भनेर सुरुआत गररिन् । तम्घास बजारमा डुल्दा चिया अधिकतम मात्रामा बिक्री भएर आम्दानी हुन थालेपछि विगत एक वर्षदेखि उनले निरन्तर चिया बेचिरहेकी छिन् ।

अनुभव सङ्गाल्ने भनेर चिया बेच्न सुरु गरेको विपनाले बताइन् । “अनुभव हुन्छ भनेर बजारमा चिया बेच्दा फाइदा हुन थाल्यो अनि निरन्तरा दिएँ”, उनी भन्छिन्, “मलाई लाज र डर भन्ने त कहिल्यै कसैसँग लागेन ।”, तम्घास बजारमै दुई सयभन्दा बढी कप चिया बिक्री भएर मनग्य आम्दानी भएपछि यसैलाई दीर्घकालीनरूपमा निरन्तरता दिने विपनाको भनाइ छ ।

उनलाई अहिले तम्घासमा हुने सार्वजनिक कार्यक्रममा पनि चिया बेच्न भ्याइनभ्याइ छ । कार्यक्रम आयोजकले आफ्ना पाहुनालाई विपनामार्फत चिया खुवाउने गरेका छन् । कार्यक्रममा उपस्थितिले विपनाको खुलेर प्रशंसा गर्छन् ।

विपना आफूजस्ता भर्खरैका युवायुवतीलाई आफ्नै गाउँठाउँमा केही रोजगार वा व्यवसाय गर्न सुझाव दिनिछन् । उनले केही कामका लागि लजाउने वा डराउने बानी राख्नै नहुने बताइन् । लाज र डरले जिन्दगीमा अगाडि बढ्न नसकिने उनको तर्क छ । विपना अहिले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्दै छिन्। -रासस

सम्बन्धित समाचारहरु

बागलुङ । गण्डकीका पूर्वप्रदेशसभा सदस्य कृष्ण थापा अहिले सुन्तला खेतीमा व्यस्त छन् । राजनीतिमा लाग्दै गर्दा केही समय छुट्याएर स्वरोजगारमूलक कृषि कर्म गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका उनले अहिले पूरै समय कृषिमा लगाएका छन् । बागलुङको राजनीतिमा राष्ट्रिय जनमोर्चाको छुट्टै पहिचान बनाउन सङ्घर्ष गरेका उनी अहिले राजनीतबाट अलग जस्तै बनेर सुन्तलाका बोट स्याहार्दै आएका छन् । जैमिनी नगरपालिका–४ सर्कुवाका थापाले २०६२/६३ सालमा जनमोर्चा बागलुङको नेतृत्व गरेका थिए । त्यसताका बागलुङमा राष्ट्रिय जनमोर्चाको ठूलो प्रभावसमेत थियो ।

महासंघको केन्द्रीय सदश्य बनिन् सिरानचोककी उपाध्यक्ष रिता, को हुन् उनी ?

गोरखा । सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा गाउँपालिका महासंघको केन्द्रीय सदस्यमा निर्वाचिन भएकी छन् । आइतबारदेखि सुरू भएर ३ दिनसम्म काठमाडौंमा चलेको गाउँपालिका संघको महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । ‘समृद्ध नेपालको आधार स् सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराका साथ सम्पन्न भएको महाधिवेशनले नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षतामा ३६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Ad