साेलुकाे भकान्जेमा उत्पादित चिया अमेरिकामा

साेलुखुम्बु । भकान्जे टीस्टेट प्रालिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा शनिबार सम्पन्न भएको हो । न्युनतम १ हजारदेखि अधिकतम १ लाखसम्म शेयरमूल्य रहेको उक्त भकान्जे टीस्टेट प्रालिमा हाल ७१ जना शेयर सदस्य रहेको सोही प्रालिका व्यवस्थापक दोर्जी तामाङले दर्पण दैनिकलाई जानकारी दिए । त्यस्तै, व्यवस्थापक तामाङका अनुसार भकान्जे टीस्टेट प्रालिका लागि लिखुपिके गाउँपालिका वडा नम्बर ५ का लगभग १ सय १९ जनाले चिया खेती गर्दै आएका छन ।
आगामी दिनमा भकान्जेमा उत्पादन भएको चियाले अमेरिकामा बजार पाउने भएको छ । साधारणसभामा भकान्जे टीस्टेट प्रालिकी सचिव जानकी खड्काले भनिन् 'हामीले यहाँ उत्पादन भएको चिया १० केजी स्याम्पल (नमुना) का लागि अमेरिका पठाइएका थियौं, उहाँहरुले मन पराउनुभएको छ । कति किन्ने भन्ने कुरा एकिन भएपछि अर्डर गर्छौं भनेर अमेरिकाले भनेको छ ।' सचिव खड्काले अबको योजना चियाको गुणस्तर बढाउने र बजार व्यवस्थापन गर्ने रहेको बताइन् । त्यस्तै, उनले भकान्जेमा उत्पादन भएको चिया भकान्जेबासीलाई नै प्रयोग गर्न आग्रह गर्दै बाँकी चिया अन्य देशमा निर्यात गर्नुपर्नेमा जोड दिइन् । हाल लिखुपिके पाँचका कृषहरुले उत्पादन गरेको चिया भकान्जे टीस्टेट प्रालिले संशोधन गरेर डेनमार्क निर्यात गर्दै आएको छ ।
सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।