# भर्खरै
Namaste Icon
Ad

भारतीय सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु

भारतीय सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु

भारत । भारतको सिक्किममा शुक्रबार सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको हो । दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार घुम्तीमा सडकबाट चिप्लिएर उक्त ट्रक खसेको हो ।

चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले मृत्यु भएका सैनिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई–दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

सम्बन्धित समाचारहरु

लन्डन । बेलायतको प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

काठमाडौं । हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन् । छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन् । छिन चीनका वरिष्ठ कुटनीतिज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad