# भर्खरै
Namaste Icon
Ad

नेपाल टी २०- काठमाडौंको विजयी सुरुवात

नेपाल टी २०- काठमाडौंको विजयी सुरुवात

काठमाडौ । काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो ।

एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सवै विकेट गुमाउँदै एक सय ३६ रनमा सिमित बनेको थियो । ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराकोलागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए ।

आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर निर्धारित १९ ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पार्‍यो । निर्धारित समयमा खेल सुरु नभएपछि एक ओभर खेल छोट्याइएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक अविजित ८५ रन बनाए । ४२ बलको सामना गरेका ओमार्जाइले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गरेका थिए ।

सुनम गौतमले २८ बलमा दुई चौकासहित २७ रन बनाएका थिए । ओमार्जाइ र सुनमले छैटौं विकेटका लागि एक सय १४ रनको बलियो साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याए । एलेक्स ब्लेकले २२ बलमा २१, भिरन्दीप सिंहले १५ बलमा १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्कीले तीन, कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए । पोखराका प्रतिस जिसी र जाहि खानले दुई दुई विकेट लिए । मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाईटेडसँग खेल्नेछ ।

सम्बन्धित समाचारहरु

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न गृहमन्त्रीले दिए सीआईबीलाई निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Ad