# भर्खरै
Namaste Icon
Ad

उपत्यका ट्राफिक प्रहरीको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न

उपत्यका ट्राफिक प्रहरीको आयोजनामा फुटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गरेकी थिइन् ।जावलाखेल युथ क्लबको खेल मैदानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयका बिचमा भएको फुटबल प्रतियोगिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २–१ गोल अन्तरले जित हासिल गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक अनुप राउतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए, भने दोस्रो गोल प्रहरी जवान दशरथ गिरीले गरेका हुन् । मातहतका कार्यालयहरुको तर्फबाट भने राजकुमार चौधरीले खेलको अन्तिम समयमा आफ्नो टिमका लागि गोल गरे ।

स्वास्थ्यलाई पनि ध्यानमा राखि कर्मचारीहरुमा सद्भाव, उत्प्रेरणा र पुनर्ताजगी प्रदान गर्ने उदेश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए । खेलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले गरेका थिए, भने मातहतका कार्यालयहरूको नेतृत्व ट्राफिक प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले गरेका थिए ।

सम्बन्धित समाचारहरु

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न गृहमन्त्रीले दिए सीआईबीलाई निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Ad