मस्कको हातमा आएपछि पहिलो पटक डाउन भयाे सामाजिक सञ्जाल 'ट्विटर'

काठमाडौं । सामाजिक सञ्जाल ट्विटर डाउन भएको छ । बिहीबार बिहानैदेखि माइक्रो ब्लगिङ साइट ट्विटरमा प्राविधिक समस्या देखिएको हो । सिर्जित प्राविधिक समस्याका कारण बिहानैदेखि प्रयोगकर्ताहरूले लग इन समस्या झेलिरहेका छन् ।
ट्विटर डाउन हुँदा ट्विटर सूचनाहरूले पनि काम नगरेको प्रयोगकर्ताले गुनासो गरेका छन् । ट्विटरमा आएको यो समस्याबारे अहिलेसम्म आधिकारिक रूपमा केही बताइएको छैन ।
ट्विटरलाई केही समयअघि विश्वकै धनाढ्य एलन मस्कले खरिद गरेका थिए । मस्कको हातमा ट्विटर आएपछि यति ठूलो प्राविधिक समस्या आएको भने पहिलो पटक हो ।
लन्डन । बेलायतको प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।
काठमाडौं । हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन् । छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन् । छिन चीनका वरिष्ठ कुटनीतिज्ञ हुन् ।