# भर्खरै
Namaste Icon
Ad

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

चीनको विदेशमन्त्रीमा छिन ग्याङ नियुक्त

काठमाडौं । हाल अमेरिकाका लागि चिनियाँ राजदूत रहेका उनलाई राष्ट्रपति सी चिनफिङले विदेशमन्त्री बनाएका हुन् । छिन १७ महिनायता अमेरिकाका लागि चिनियाँ राजदूतको भूमिकामा छन् । छिन चीनका वरिष्ठ कुटनीतिज्ञ हुन् ।

उनले विदेश मन्त्रालयमा प्रवक्ताको पनि जिम्मेवारी सम्हालिसकेका छन् । प्रवक्ता बन्नुअघि उनी बेलायतस्थित चिनियाँ राजदूत थिए। उनी सन् २०१४ देखि २०१८ सम्म चिनियाँ विदेश मन्त्रालयको चिफ अफ प्रोटोकल थिए ।


छिनले वाङ् यीलाई विस्थापन गरेका छन्। वाङ् दश वर्षयता चिनियाँ विदेशमन्त्री थिए । वाङ् हालै चिनियाँ कम्युनिस्ट पार्टीको पोलिट्ब्यूरो सदस्यमा बढुवा भएका छन् । वाङ्लाई विदेश नीतिसम्बन्धी अझ माथिल्लो जिम्मेवारीमा लग्ने तयारी रहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

लन्डन । बेलायतको प्रहरीले शुक्रबार प्रधानमन्त्री ऋषि सुनकलाई गुडिरहेको कारमा सिट बेल्ट नलगाएकामा जरिवाना गरेको छ । ट्राफिक नियमको उल्लङ्घन गरेको भन्दै प्रधानमन्त्री सुनकको नाम नलिई लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई जरिवाना गरेको बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Ad