साउदीको क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले दिए यस्ताे प्रतिक्रिया

एजेन्सी । विश्व फुटबलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन् । यस संस्करणको विश्वकपमा खासै उल्लेखनीय प्रदर्शन गर्न नसके पनि रोनाल्डो हाल फुटबल इतिहासकै सबैभन्दा धेरै तलब पाउने खेलाडी बनेका छन् ।
३७ वर्षीय रोनाल्डोले अब वार्षिक १७७ मिलियन पाउण्डभन्दा बढी तलब लिनेछन् । हालको विनिमय दरअनुसार यो भनेको २८ अर्ब नेपाली रुपैयाँ हो । यस्तै रोनाल्डो अब सन् २०२५ सम्म अल नासरमा हुनेछन् । एक अन्तर्वार्तामा म्यानचेष्टर यूनाइटेडको आलोचना गरेपछि रोनाल्डो र क्लबबीचको सम्बन्धमा दरार आएको थियो । त्यसपछि उनी फ्री एजेन्टका रूपमा थिए ।
अल नासरसँग आबद्ध भएपछि रोनाल्डोले आफू 'फरक मुलुकको नयाँ फुटबल लिग अनुभव गर्न आतुर रहेको' प्रतिक्रिया दिएका थिए । उनले भने, 'म आफूलाई निकै भाग्यमानी ठान्छु किनकि मैले युरोपियन फुटबलमा जित्नुपर्ने सबै उपाधि जितेको छु । र अब मलाई लाग्छ यो उपयुक्त समय हो मेरो अनुभव एसियामा बाँड्ने ।'
अल नासर साउदी प्रो लिगको शीर्ष स्थानको क्लब हो। यसले नौ पटक लिग जितेको छ । रोनाल्डोलाई अनुबन्ध गरेपछि अल नासरले भनेको छ- 'इतिहास बन्दैछ'। 'यसले हाम्रो लिग, राष्ट्र र आगामी पुस्तालाई प्रेरणा दिनेछ। हाम्रा आगामी पुस्ताका केटाकेटीहरू उत्कृष्ट बनेर निस्कनेछन् ।'
केही समयअगाडि रोनाल्डोले साउदीकै अर्को टोली अल हिलाललाई आफू म्यानचेष्टर यूनाइटेडमै खुशी भएको भन्दै अस्वीकार गरेका थिए । अल हिलालले रोनाल्डोलाई ३०५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।