# भर्खरै
Namaste Icon
Ad

आसन्न निर्वाचन, गठबन्धन र स्थिरता

आसन्न निर्वाचन, गठबन्धन र स्थिरता
विनम्र न्यौपाने

विनम्र न्यौपाने । लामो समयदेखि जनताको आफ्ना प्रतिनिधिहरुद्वारा संविधान निर्माण गर्ने चाहानाले मुर्तरुप प्राप्त गर्दै देश संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरेको पनि लामो समय भएको छ। संघीयताको अभ्यास गर्दै पहिलो निर्वाचन सम्पन्न गरेर देश एउटा फरक प्रणालीमा हिडेको पनि पाँच बर्ष पूरा भएर हामी अर्को निर्वाचनको मुखमा आइपुगेका छौं। स्थिरताको चाहाना अनुरुप जनताले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीहरुलाइ बहुमत दिएको अवस्था रहेता पनि त्यो सरकार पाँच बर्ष टिक्न नसकेर सत्ता च्युत हुन पुगेको अवस्थाले जनतामा एक प्रकारको नैराश्यता उत्पन्न गराएको छ।

नेपाली राजनीतिमा २०१५को निर्वाचन देखि २०४८ र २०५६को निर्वाचनमा दुई-तिहाइ र सामान्य बहुमत गरेर तीन पटक बहुमत प्राप्त गरेको नेपाली कांग्रेसले अपेक्षित रुपमा जनताको अपेक्षा पूरा गर्न नसकेको तथा केहि छोटाे समयका लागी बनेका कम्युनिष्ट पार्टीका केहि सरकारहरुले जनताको जनजिविका तथा देशभक्तिको सवालमा केही आशाको संचार गर्न सकेको कारण जनताको मतको उभार कम्युनिष्ट पार्टीहरुको पक्षमा क्रमिक रुपमा बढ्दै गएको अवस्था देखिन्छ। बलियो तथा एकीकृत कम्युनिष्ट पार्टी जनताको चाहाना भएको कारण जनताले २०७४ सालको संघीय तथा प्रादेशिक चुनावमा एमाले र माओवादी जस्ता देशका ठुला कम्युनिष्ट पार्टीहरुको एकताको उद्घोषलाई अनुमोदन गरेर सत्ताको साचो कम्युनिष्ट पार्टीलाई हस्तान्तरण गर्दै नेपाली कांग्रेसलाई दण्डित गरेको पनि सर्बबिधितनै छ।

जनताको चाहाना अनुरुप कम्युनिष्ट पार्टीको सरकारले जनजिविका, आर्थिक-सामाजिक क्षेत्रको प्रगतिशील रुपान्तरण, देशको हित रक्षा तथा अन्तरास्ट्रिय सम्बन्धमा नयाँ आयाम उत्पन्न गर्दै देशलाई अग्रगमनको बाटोतर्फ बढाउदै गर्दा केही आन्तरिक कारण तथा मुख्य रुपमा बाह्य कारणले नेपालमा केपि ओलि नेतृत्वमा बनेको कम्युनिष्ट पार्टीको सरकार ढल्न पुग्यो भने तत्कालीन नेकपा एमाले र माओवादीको एकीकरणबाट बन्न पुगेको नेपाल कम्युनिष्ट पार्टी दुई चिरा पर्यो भने लगत्तै नेकपा एमाले भित्रबाट पनि केही समूह छुट्टिएर नेकपा एकीकृत समाजवादी भन्ने छुट्टै पार्टी बन्न पुग्यो।

विविध गतिविधिहरुको कारण जनताबाट तिरस्कृत भएको नेपाली कांग्रेस नेतृत्वको सरकार त्यही कम्युनिष्ट पार्टीको बिभाजनबाट बनेका पार्टीहरुको सहयोग र सहभागिताको कारण निर्माणहुन पुग्यो भने कम्युनिष्ट पार्टी भित्र उत्पन्न भएको तिक्तताको कारण पाँच दलिय गठबन्धन निर्माण भयो जसको कारणले भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्रथम स्थान हासिल गर्न सफल भयो तथा रुपमा नेकपा एमालेले केही स्थानीय तहको नेतृत्व गुमाउन पुग्यो तर सारमा नेपालको कम्युनिष्ट आन्दोलन केही रक्षात्मक अवस्थामा पुग्यो जसको समिक्षा इतिहासले निर्ममतापुर्वक गर्नेनै छ तथा यसका खलपात्रहरुले कठघरामा उभिनुपर्ने अवस्था पक्कैनै निर्माण हुनेछ।

जनताको इच्छा, चाहाना र अपेक्षा कम्युनिष्ट पार्टीको बलियो सरकार हुदाहुदै सत्ता च्युत भएको कम्युनिष्ट पार्टी मुलत नेकपा एमाले आज एक्लै कम्युनिष्ट आन्दोलन जोगाउने अवस्थामा आइपुगेको छ। पाँच दलिय गठबन्धनको चक्रब्युह भित्र फसेको एमालेले अभिमन्युको नियती भोग्ला वा अर्जुनले जस्तो बिजय प्राप्त गर्ला भन्नेत भविष्यले देखाउनेछ तर आज हाम्रा अगाडि केही आधारभूत प्रश्नहरु चाहिँ अवश्यनै तेर्सिएका छन्।

लामो समयदेखिको जनताको स्थिरताको चाहाना स्वरुपनै जनताले २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीको गठबन्धनलाई आफ्नो मत प्रदान गरेका थिए। कुनै समय समान आर्थिक हैसियतमा भएका धेरै देशहरूले आर्थिक बिकासको क्षेत्रमा चमत्कारीक परिणाम हासिल गरेता पनि हाम्रो देश अझै पनि गरिबी र अव्यवस्थाको दुस्चक्रमा रुमलिनुपर्ने बाध्यता कायमै छ। सबै नितिहरुको मुलनिती मानिने राजनीति सबल रुपमा संचालन हुन नसकेको अवस्थामा देश बिकासको अभिलाषाले मुर्तरुप प्राप्त गर्न सक्दैन त्यसैले देशको राजनीति स्वच्छ, सफा र सबल बनाउनुनै आजको प्रमुख आवश्यकता रहेको छ।

अहिले देश निर्वाचनको सन्निकट छ। मुलभुतरुपमा पाँच दलिय गठबन्धन र नेकपा एमाले बिचमा प्रतिस्पर्धा हुने अवस्था देखिएको यस निर्वाचन नेपालको भविस्यको लागी निकैनै महत्त्वपूर्ण परिघटनाको रुपमा उभिएको छ। यसका दुई प्रतिस्पर्धी शक्तिहरु पाँच दलिय गठबन्धन र नेकपाकै निरंतरताको रुपमा रहेको नेकपा एमाले रहेकोे छ। पाँच दलिय गठबन्धन भन्ने शक्ति मुलत देश बिकासको अभिलाषा परिपुर्ति गर्न बनेको नभई सत्ता स्वार्थको रसाएनले जोडेर अस्तित्व रक्षाको लागि निर्माण भएको हतियार जस्तो देखिन्छ। यस गठबन्धन भित्र रहेका पार्टीहरु बिचार, सिद्धांत र कार्यक्रमका दृस्ठिले कुनै सम्बन्ध नभएको पार्टीहरु रहेका छन्। पाँच दलिय गठबन्धनको प्रमुख शक्ति नेपाली कांग्रेस दलाल नोकरशाही पूंजीवादको पक्षपोसण गर्ने पार्टी हो भने अन्य तीन पार्टी नेकपा माओवादी, एकीकृत समाजवादी र जनमोर्चा रुपमा कम्युनिष्ट पार्टी हुन् त्यसैगरी जसपा भन्ने पार्टी क्षेत्रिएताबादी पार्टी हो। यी पार्टी बिचमा बनेको गठबन्धनले जनताको स्थिरता र बिकासको चाहानालाई मुर्तरुप प्रदान गर्न सक्दैन भन्ने तथ्य यी पार्टीहरुले देखाएको भागबन्डाको बिकृत रुप र देशका विभिन्न संस्था माथी गरेको आक्रमणलेनै स्वयंसिद्ध गरेको छ।

२०७४ सलको निर्वाचनमा जनताले कम्युनिष्ट पार्टी माथि बिश्वास गर्नुको मुख्य कारण कम्युनिष्ट पार्टीको एकीकरण र बलियो सरकारको निर्माणनै थियो, भागबण्डाको राजनीतिको गोलचक्करमा रुमलिएको देशको दुरावस्थाबाट दिक्क भएका जनता यसबाट मुक्ति चाहान्थे त्यसैले जनताले कम्युनिष्ट पार्टीको एकतालाई आफ्नो लोकप्रिय मतद्वारा मोहर लगाइदिए तर अहिलेको पाँच दलिय गठबन्धन र तत्कालीन गठबन्धनको बिचमा आकाश-जमिनको फरक छ। कांग्रेस-कम्युनिष्ट-क्षेत्रीएताबादी शक्तिको एकता तोरी र कोदोको एकता भन्दा फरक हुन सक्दैन साथै यसले देशमा स्थिर सरकार र प्रगतिशील रुपान्तरणको बाटो कोर्न सक्दैन त्यसैले अझै पनि आवश्यकता कम्युनिष्ट पार्टीहरुको एकतानै हो ।

त्यसकारण कम्युनिष्ट पार्टी र पूंजीवादी पार्टी बिचको निर्वाचनको प्रतिस्पर्धानै प्राकृतिक हुन सक्छ अथवा नेपाल कम्युनिष्ट पार्टीको निरंतरताको रुपमा बनेको नेकपा एमालेको एकल तथा बलियो सरकारनै आजको आवश्यकता हो, यसैलेनै देश र जनताको कल्याण गर्न सक्छ।

सम्बन्धित समाचारहरु

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद

मेनका पछाई । ठुलो उद्येश्य बोकेर लामो गतब्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीबनदेखी लागेको मान्छे हु, यो पटक पनी माननीय नहुदा निरास छैन ।यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad