# भर्खरै
Namaste Icon
Ad

संघर्षले खारिएका नेता देवराज घिमिरेकाे याेगदानकाे पार्टीले मूल्यांकन गरोस्

संघर्षले खारिएका नेता देवराज घिमिरेकाे याेगदानकाे पार्टीले मूल्यांकन गरोस्
नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का १ नम्बर प्रदेश ईन्चार्ज देवराज घिमिरे

रामप्रसाद रिजाल । नेपाल कम्युनिष्ठ पार्टी (एमाले) का १ नम्बर प्रदेश ईन्चार्ज देवराज घिमिरे आफैंमा सालिन, भद्र र इमान्दार नेतामा पर्छन् । कम बोल्ने र मिजासिलो स्वभावका उनी पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने घिमिरे पार्टीको सातौं राष्ट्रिय महाधिवेशनबाटै ओलीलाई पार्टी अध्यक्ष बनाउनु पर्छ भन्ने धारमा उभिए । पार्टीको ९औ महाधिवेशन पछि घिमिरेले अध्यक्ष ओलीको सचिवालयमा प्रमुखको रुपमा रहेर काम गर्ने अबसर पाए । वुवा स्व पद्यप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेका ६ जना छोरा र ६ जना छोरी मध्ये उनी माईला सन्तान हुन् ।

उनको जन्म वि.स.२०१३ साल जेठ १३ गते ताप्लेजुङको सिकैंचा (हाल श्रीजंङ्घा गाउँपालिका) मा भएको थियो । कक्षा ६ मा अध्ययनरत रहँदादेखि नै विद्यार्थी जीवनबाटै राजनीति प्रारम्भ गरेका उनले लामो समयसम्म विद्यार्थी राजनीति गरे । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट आईए सम्मको अध्ययन पूराा गरेका उनले त्रिचन्द्र कलेजमा बीएको पढाई शुरु गरेका थिए । तर, राजनीति जीवनमा पूर्ण रुपमा लागेका कारण उनको पढाई पूरा हुन सकेन । २०२९ सालमा झापाबाट शुरु भएको ‘झापा बिद्रोह’बाट प्रभाबित बनेका उनी रामनाथ दहाल र नेत्र घिमिरे लगाएत ५ जना शहिदहरूको शहादत पछि पार्टी भित्र झनै क्रान्तिकारी भएर निस्किए देवराज घिमिरे । झापा दमन पछि शुरु भएको ‘अविल प्रशारण’को लाईनबाट उनी स्थापित हुँदै गए । २०३२ सालमा पार्टी भित्र बनेको ‘कोअडिनेशन केन्द्र’को रेडगार्ड अर्गनाईजेशन (आरजीओ)मा आवद्ध हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका उनी २०३२ सालमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियू) को साहित्य सचिव बनेका थिए ।

२०३३/०३४ सालमा ताप्लेजुङ्गमा पार्टीको संगठन निर्माणमा अहम भूमिका खेलेका उनले नेपाल राष्ट्रिय शिक्षक संगठनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०३६ सालमा हरि नेपाल र चन्द्र पुरीको संखुवासभामा हत्या भएपछि उनले भूमिगत जीवन बिताउनुपर्यो । हरि नेपाल को हत्यापछि सोही समयदेखि पार्टीले घिमिरेलाई थप जिम्बेवारी प्रदान गर्यो । जतिबेला उनले तेह्रथुम, संखुवासभा र पाँँचथर जिल्लामा संगठकको रुपमा काम गरे । पााँचथर जिल्ला कमिटी गठन पछि २०३९ सालबाट २०५० सालसम्म उनी इलाममा पार्टी प्रमुखको तथा मेची अञ्चल कमिटी को सदस्य समेत थिए । उनी २०४६ सालको मालेको चौथो राष्ट्रिय महाधिवेशन प्रतिनिधि भए । २०४९ को पाँचौं राष्ट्रिय महाधिवेशनबाट एमालेको केन्द्रीय कमिटी सदस्य बने ।

२०५४ सालदेखि २०६० सालसम्म राष्ट्रिय सभा सदस्य बनेका उनले पार्टीमा २०४८ सालदेखि २०५८ सालसम्म मेची इञ्चार्जको रुपमा काम गरे । २०५८ सालदेखि २०७५ सालसम्म पार्टीको विभागीय प्रमुख भएर सचिवालयमा काम गर्ने अवसर पाएका उनी २०७५ सालबाट प्रदेश १ को अध्यक्ष तथा २०७८ सालदेखि प्रदेश इञ्चार्जको रुपमा कार्यरत छन् ।

२०४२ जेठ २२ गते टिका देवी बस्नेतसंग वैवाहिक जीवनमाा बाधिएका उनका दुई सन्तान छन् । जेठा छोरा जीवन र बुहारी मेरिना अष्ट्रेलिया बस्छन् भने कान्छा छोरा पवन काठमाडौंमा रहेर आईटी अफिसरका रुपमा कार्यरत छन् । लम्जुङ्गकोबेसी सहर निवासी बस्नेतसंग भूमिगत विवाह गरेका घिमिरेको राजनीतिक जीवनमा टिकादेवी सारथी बनेकी छिन । २०४० सालको फागुन देखि २०४२ साल सम्म लम्जुङ को पार्टी जिल्ला कमिटीको सदस्य र अनेमसंघ को जिल्ला सचिव भएर काम गरेकी टिकादेवि बस्नेतलाई राजनीतिका विषयमा राम्रो ज्ञान छ ।

२०४६ सालमा झापामा भएको आन्दोलनका क्रममा टिकादेवी गिरफ्तार हुँदै जेल जीवन समेत बिताएकी छिन् । अढाई बर्षको नाबालक छोरा सहित जेल बसेकी उनी त्यसबेला अनेम संघको झापा जिल्ला कमिटी सचिव थिइन् । त्यो समयमा उनीसंगै आन्दोलमा सक्रिय भएका १२ जना महिलाले एक महिनासम्म जेल जीवन बिताएका थिए ।

२०४७ सालबाट पार्टीको झापा जिल्ला कमिटी सदस्य हुँदै उनी अनारमनी गाविस को पार्टी सचिव पनि भएकी थिईन । श्रीमानकाो राजनीति यात्रामा टिकादेवीको आज सम्म साथ र सहयोगका कारण घिमिरे निरन्तर राजनीतिमा अघाडी बढन सहयोग पुगेको छ ।

झापाको क्षेत्र नम्बर २ जहां प्रदेश नम्बर १ कै ईन्चार्ज जो ईमानदार निष्ठावान शालिन स्वच्छ छवि भएका निस्वार्थी कसैलाई काखापाखा गर्न नजान्ने स्वभाव भएका घिमिरेले २०४८ सालमा आफूलाई दिएको सांसदको टिकट समेतको लोभ नगरी पार्टी लाई बलियो बनाउनु पर्छ र समावेशी हुनुपर्ने भन्ने मान्यता को आधार मा ईलामका मणि सुब्बालाई माननीय सांसद बनाए , यस्ता व्यक्तित्व घिमिरे आज झापा क्षेत्र नम्बर २ ले संघीय सांसद को उम्मेदवार पाउनु हरेक हिसावले उचित र आवश्यक छ । २०७९ वैशाख मा सम्पन्न स्थानीय निर्वाचनमा १ नम्बर प्रदेश मा पार्टी को राम्रो परिणाम आउनुमा पनि स्वाभाविक रुपले ईन्चार्ज घिमिरे को महत्वपूर्ण भुमिका रहेको छ ।

नेता घिमिरे मेची अंन्चल इन्चार्ज हुंदा मेची अंन्चलको सबै सिट नेकपा एमालेले जित निकालेको इतिहास छ,वहाँ नै त्यस्तो ब्यतीत्व हो,जस्ले दुई नम्बर का करीव 50% मतदाता घरदैलो इलाम पांचथर र ताप्लेजुङमा भुमिगत राजनीति गर्दा देखिको दुख सुखको साथी हुनुभएको इतिहास छ,यस्तो प्रतीभा उमेद्धारको रुपमा पांउनु दुइ नम्बर क्षेत्रका मतदाताको सौभाग्य भएको हुंदा जित निकाल्न मतदाता आफै कम्वर कसेर लाग्छन । यो क्षेत्रका मतदाता ५O देखि ६O% त्यही भुगोलबाट माइग्रेड भएर आएका हुन् ।

नेकपा एमाले स्थाई कमिटि सदस्य, प्रदेश १ इन्चार्ज एवं लाखौं युवाहरुका आदर्श व्यक्तित्व, कुशल संगठक, शालिन व्यक्तित्वका धनी, कम्युनिस्ट आन्दोलन का खम्बा आदरणीय क.देवराज घिमिरे ज्यू आसन्न प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र २ बाट नेकपा एमालेको तर्फबाट उमेदवारको रुपमा सिफारिस हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीले वहांलाई न्याय गरोस भन्ने यस क्षेत्र का तमाम जनता तथा कार्यकर्ता हरूको माग छ ।

रामप्रसाद रिजाल

(रिजाल एमालेका युवा नेता हुन् ।)

सम्बन्धित समाचारहरु

कसैलाई अवसरमाथी अवसर कसैलाई भुईबाट उठ्न नदिने, हाम्रा नेतालाई धेरै धन्यवाद

मेनका पछाई । ठुलो उद्येश्य बोकेर लामो गतब्यको यात्रा तय गरेर राजनीतिमा १४ बर्षको स्कुले जीबनदेखी लागेको मान्छे हु, यो पटक पनी माननीय नहुदा निरास छैन ।यद्यपि नेताले समकालीन साथीहरु कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!

बोयर बाख्रा गरिबको धन

बोयर बाख्रा गरिबको धन

ओम भण्डारी । रोजगारीकालागी विदेश पुगेका १५ जना युवाहरू समेत अहिले गाउँ फर्किएर ब्याबसायीक बोयर बाख्रा पालनगरी विदेशकै जस्तो आम्दानी गरिरहनु भएको छ । अर्घाखाची जिल्ल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।

प्रतिक्रिया दिनुहोस

Ad