# भर्खरै
Namaste Icon
Ad

सेगवे ई-स्कुटरमा फेस्टिभ अफर

सेगवे ई-स्कुटरमा फेस्टिभ अफर

काठमाडौं । नेपालका लागि सेगवे ई–स्कुटरको आधिकारिक वितरक आईहबले दसैं, तिहार र छठको अवसरमा ग्राहकलाई आकर्षक छुट र उपहारसहितको अफर उपलब्ध गराएको छ । देशभर सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेगरी कम्पनीले उपहार प्रदान गर्ने भएको छ । ग्राहकले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा १० हजार नगद छुट पाउने छन् ।

त्यस्तै अमाजफिट ब्यान्ड ५ वा अमाजफिट नियो ब्यान्डजस्ता पुरस्कार जित्न सक्नेछन् । साथमा नि:शुल्क बीमा र सडक कर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, दुई जनाले स्मार्ट फोन र ५ जनाले अमाजफिट जीटीएस २ स्मार्ट घडी जित्ने मौका पाउने छन् । एक्सचेन्ज सुविधा, नि:शुल्क एएमसी र किस्ताबन्दीको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad