# भर्खरै
Namaste Icon
Ad

नक्सालमा खुल्यो यामाहाको शोरुम

नक्सालमा खुल्यो यामाहाको शोरुम

काठमाडौ । नेपालको लागि यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । बिहीबार देखी सो शोरुम संचालनमा आएको हो । उक्त शोरुम दुई पाग्रे उद्योगको सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम भएको कम्पनीले दाबी गरेको छ ।

यामाहाको विश्व व्यापी नयाँ अवधारणा ब्लु स्कवायर लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको ग्लोबल मोटर्स स्पोर्टस लेगेसी लाई आत्मसाथ गर्दै सबै राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा शोरुमलाई लिईएको छ ।

शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्राण्डको रेसि डिएनए लाई झल्काउने र स्क्वायरले वान स्टप बाइङ जक्सनमा ग्राहकले मोटरसाईकल, स्कुटरको एसेसरिज र एपिरियल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल प्रविधि माफर्त क्युआर कोड स्क्यान गरेर ब्राउचर प्राप्त गर्र्न सक्ने उल्लेख छ । दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहा शोरुम खोल्न पाउँदा खुसी भएको यामाहा नेपालका लागी प्रमुख कार्यकारी अधिकृत राजु छेत्रीले बताएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad