# भर्खरै
Namaste Icon
Ad

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताए । यो परियोजनाले नगरपालिकालाई कृषिमा समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै उनले यसले नगरभित्र रोजगारीको सिर्जना पनि गर्ने बताए ।

कार्यक्रममा बोल्दै नगरपालिकाको उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले परियोजना सफलताका लागि शुभकामना दिँदै नगरपालिकाले आवश्यक समन्वय गर्न कन्जुस्याई नगर्ने बताइन् । सो अवसरमा वडाध्यक्ष रामजी पुडासैनी, वडा सदस्यहरू तथा नगरपालिकाका कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरु

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।

सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया 'चिया चुस्की'

काठमाडाैं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस टि तथा सिटिसि चिया चिया चुस्की ब्राण्डका बहु स्वादिलो चिया बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

Ad