# भर्खरै
Namaste Icon
Ad

काभ्रेका दुर्गम ठाउँको शैक्षिक समस्या तत्काल समाधान गर्न पहल गर्ने सांसद लामाको प्रतिवद्धता

सी नेपाल नामक संस्थाको अगुवाइमा तेमाल २ का सबै विद्यालयहरुका बिधार्थीलाई आधारभुत सामाग्री हस्तान्तरण

काभ्रेका दुर्गम ठाउँको शैक्षिक समस्या तत्काल समाधान गर्न पहल गर्ने सांसद लामाको प्रतिवद्धता

काभ्रे । नेपाल्ी कांग्रेस काभ्रेका सभापति तथा बाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले शैक्षिक क्षेत्रमा भएका समस्यालाई तत्काल समाधान गर्न पहल गर्ने बताएका छन् । सी नेपालद्धारा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नं २ का सबै विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले यस्तो बताएका हुन् । सांसद लामाले शिक्षा जस्तो संवेदनशील क्षेत्रलाई कुनै पनि शिक्षक, अभिभावक र अध्ययनरत विद्यार्थी कसैले पनि ख्याल ख्याल नगरि गहनरुपमा लिएर अगाडि बढ्न आग्रह गरे । विश्वमा शिक्षाकै कारण विकसितमुलुक समृद्ध र शक्तिशाली बनेको बताउदै लामाले नेपालको शैक्षिक प्रणाली केवल सैद्धान्तिक, घोगन्ते मात्र सिमित रहेकोले अब परिवर्तन गर्ने समय आएको बताए । उनले भने, ‘शिक्षा व्यवहारिक, गुणस्तरीय र बैज्ञानिक हुनुपर्दछ ।’

तेमाल, महाभारत, कोशीपारी र खानीखोलामा पनि बनेपा , पनौती र धुलिखेल जस्तो शिक्षा हुनुपर्ने बताउदै लामाले अब सबैलाई समान शिक्षा दिन पहल गर्ने बताए । गाउँ र सहरलाई समानबनाउन गाउँलाई विकास गर्न आफूले राजनीति गरेको बताउदै लामाले आगामी दिनमा समानताको लागि पनि सांसदको भुमिकाबाट काम गर्ने बताए । उनले भने, ‘यहाँका दाजुभाईहरु सबै मेरा परिवारका सदस्य हुनुहुन्छ, विगतमा पनि माया गरेर मलाई संविधान निर्माण गर्ने ठाँउमा पुर्याउनु भयो, अहिले पनि चुनाव जिताएर पठाउनु भएको छ, यहाँहरुको मनमा ठेस लाग्ने कुरा गर्ने छैन् । जनताको समस्याबाट टाँढा हुनेछैन् ।’

शिक्षा, स्वास्थ्य, खानेपानी र सड़क निर्माण कार्यलाई अब तीव्र गतिमा अगाडी बढाईने सांसद लामाले बताए । काभ्रेका ग्रामीण क्षेत्रका बालवालिकाको पहिचान गरी यो जाडो मौसममा सक्दो सहयोग गर्न गरेकोमा सी नेपाललाई सांसद लामाले धन्यबाद दिए । सो कार्यक्रममा सी नेपालकी अध्यक्ष स्मिता मोक्तान, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, वडा नं ३ का वडाध्यक्ष, समाजसेवी राम लामा, आर डी लामा, शंकरमान लामालगायतको विशेष उपस्थिति रहेको थियो ।

सी नेपाल नामक संस्थाको अगुवाइमा तेमाल गाउँपालिका वडा नं २ का सबै विद्यालयहरुका विद्यार्थीहरुलाई जुता, ब्रस र विद्यालय सरसफाईका सामाग्रीहरु हस्तान्तरण गरिएको छ । बितरण कार्यको सुरुवात सर्वेद्धार माध्यमिक विद्यालयबाट गरिएको थियो ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad