# भर्खरै
Namaste Icon
Ad

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

एन्फाको आपतकालीन बैठकका ८ निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यही फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यस्तै सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ’बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले ’ए’ डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु सदस्य रहनेगरि लिग संचालन समिति गठन गरेको छ ।

’ए’ डिभिजन लिग २०७९ को टिकट दर भीआइपी पारापिटतर्फ ३०० र साधारण पारापिटतर्फ १०० साथै ’बी’ डिभिजन लिग २०७९ र ’सी’ डिभिजन लिग २०७९ को टिकट दर १०० तय गर्ने निर्णय बैठकले गरेको छ ।
’ए’ डिभिजन लिगको टिकेटिङ्ग अधिकारकोलागि न्युनतम एक करोड पचास लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ्ग अधिकारको लागि न्युनतम एक करोड पचास लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

त्यस्तै ए, बी र सी डिभिजन लिगका ब्रोडकास्टिङ्ग अधिकारको लागि न्युनतम साठ्ठी लाख तोकेर टेन्डर आह्वान गर्ने, ए, बी र सी लिग आयोजनामा आवश्यक पर्ने सेवा तथा सामाग्रीको लागि टेन्डर आह्वान गर्न एन्फा सचिवालयलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । बैठकले ए, बी र सी लिगका लागि तीन सदस्यीय इन्ट्रगिटि समितिको गठन गर्ने निर्णय पारित गरेको छ ।

 

सम्बन्धित समाचारहरु

नेपाल टी-२० लिगबारे अनुसन्धान गर्न गृहमन्त्रीले दिए सीआईबीलाई निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ । ९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

साउदीको क्लबमा अनुबन्ध भएपछि रोनाल्डोले दिए यस्ताे प्रतिक्रिया

एजेन्सी । विश्व फुटबलका चर्चित स्टार क्रिष्टियानो रोनाल्डो साउदी अरेबियन क्लब अल नासरमा अनुबन्ध भएका छन् । यस संस्करणको विश्वकपमा खासै उल्लेखनीय प्रदर्शन गर्न नसके पनि रोनाल्डो हाल फुटबल इतिहासकै सबैभन्दा धेरै तलब पाउने खेलाडी बनेका छन् ।

प्रतिक्रिया दिनुहोस

Ad