नयाँ स्वास्थ्यमन्त्रीको अठोट- स्वास्थ्य विमा प्रभावकारी बनाउने

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सबै जनतालाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नियुक्त भएलगत्तै पदभार ग्रहण गरेपछि उनले अहिले भएका अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सुविधा सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘सबै नागरिकहरुलाई गुणस्तरिय सेवा लिनको लागि स्वास्थ्य विमाको कार्यक्रम प्रभावकारी बन्न सकेको छैन। त्यसमा बिषयमा हामी गम्भिरताका साथ हेछौं।’ उनले सबै जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चिता गर्ने अठोट गरे ।
काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।