शिक्षा क्षेत्रका अनुभवी शिशिर खनाल बने शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणलगत्तै खनालले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री बनेका हुन् । उनलाई सिंहदरबारमा प्रविधि सचिव प्रमिलादेवी बज्राचार्य सहितका कर्मचारीले मन्त्रालया स्वागत गरेका थिए ।
खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धीहरू नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मत पाएका थिए ।
टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमी शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभाबाट चुनाव जितेका थिए । ४३ वर्षीय खनाल टोखा-१० गोंगबुका बासिन्दा हुन् । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन् । उनीसँग शिक्षा क्षेत्रमा लामाे समय काम गरेका अनुभव छ ।
काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।