# भर्खरै
Namaste Icon
Ad

सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड

सन्दुक रुइतलाई १३ करोड रुपैयाँसहितको इसा अवार्ड

काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।
डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।

मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, ‘नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका छौं ।’

इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताए । ‘उनले हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भए, उनी नभएको भए उनीहरु सधैं दृष्टि बिहीन हुने थिए ।’

डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् । यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ । डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

 

सम्बन्धित समाचारहरु

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad