# भर्खरै
Namaste Icon
Ad

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ५४० रुपैयाँ

सरकारले तोक्यो उखुको मूल्य, प्रतिक्विन्टल ५४० रुपैयाँ

काठमाडाैं । सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उखुको मूल्य निर्धारण गरेको हो ।
सरकारले यो वर्षका लागि तोकेको मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढी हो ।
सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको प्रस्ताव र उद्योग मन्त्रालयको सिफारिसमा यो वर्षका लागि उखुको बिक्री मूल्य निर्धारण गरेको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको र ढुवानी भाडामा ७० रुपैयाँ सरकारल अनुदान दिने निर्णय भएको गरेको हो । गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ छ । ढुवानी वापतको अनुदान रकम ७० रुपैयाँ नै कायम गरेर कुल मूल्य ५९० रुपैयाँ प्रति मेट्रिकटन बनाएको पनि अर्थमन्त्री पौडेलले जानकारी दिए ।

सरकारको पछिल्लो निर्णयले उखुको न्यूनतम मूल्य क्विन्टलमा २० रुपैयाँले बढेको छ । सरकारले यसअघि आर्थिक वर्ष (आव) ०७७/७८ मा उखुको बिक्री मूल्य ५४४ रुपैयाँ ३३ पैसा तोकेको थियो । सरकारले उत्पादन लागतमा २० प्रतिशत नाफा किसानलाई निश्चित गरेर नयाँ मूल्य तोकिएको हो । ५४० रुपैयाँ क्विन्टलमा उद्योगीले अब किसानसँग उखु किन्नु पर्नेछ । बाँकी ७० रुपैयाँ भने किसानलाई सरकारले अनुदान दिने छ ।

सम्बन्धित समाचारहरु

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Ad