# भर्खरै
Namaste Icon
Ad

पोखरा विमान दुर्घटनाको वेदना सुदूरको ठाडी भाकामा (भिडियोसहित)

पोखरा विमान दुर्घटनाको वेदना सुदूरको ठाडी भाकामा (भिडियोसहित)

महेन्द्रनगर ।

पोखरा बस्साकी, काठमाडौं है उडाइ लैग्यो, पोखरा बस्साकी
सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।

चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गरेका छन् ।

आफूले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उनले बताए । बुधबार राति युट्युबमार्फत भाका सार्वजनिक गरेका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताए ।

सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द संकलन गरेका हुन् । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उनका १५ वर्षीय छोरा स्लकलाई समेतसम्झिएका छन् ।

‘यो सांगीतिक क्षेत्रमा चर्चा कमाउन भन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएको छु हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु’, उनले भने ।

उनले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गरे । ‘शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो’, देउडा गायक भट्टले भने, ‘ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।’

कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा÷छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।
सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।

बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
गायिकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
दिउँसै पडि रात, बाटो कुर्या घरपरिवार दिउँसै पडि रात ।।

गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् ।

भिडियाे https://youtu.be/w-lQYKsD7GA

 

 

 

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad