# भर्खरै
Namaste Icon
Ad

उपसभामुखमा भिड्दै रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताकुमारी

उपसभामुखमा भिड्दै रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ताकुमारी

काठमाडौं । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका हुन् । इन्दिरालाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । संसद सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो । उपसभामुख चयनका लागि भोलि शनिबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad