स्ववियु निर्वाचन : पोखरा इन्जिनियरिङ कलेजमा नेविसंघकाे प्यानलै विजयी

काठमाडाैं । स्ववियु निर्वाचनमा नेविसंघले सुरुवातमै जित निकालेको छ। पहिलो स्ववियु निर्वाचनमा पोखरा इन्जिनियिङ कलेज स्ववियु परिषद् निर्वाचनमा नेविसंघको पूरै प्यानल विजयी भएको हो । नेविसंघका अनुसार शुक्रबार निर्वाचनबाट २४ वर्षपछि परिषद्को निर्वाचनमा विराट सिग्देल नेतृत्वको नेविसंघको सिंगो कार्यसमिति नै निर्वाचित भएको हो ।
निर्वाचनबाट सचिवमा मिलन डुम्रे, कोषाध्यक्षमा कृति वाग्ले, सदस्यमा सुवासचन्द्र पण्डित, अनिश गिरी, सोवित कार्की, भूमिका छुमी, सिस पाण्डे, सुजन पोखरेल, गौरव कार्की र सुमिता पौडेल निर्वाचित भएका छन् । नेविसंघसँग प्रतिस्पर्धामा अनेरास्ववियुका वीरेन्द्र जिसीको प्यानल प्रतिस्पर्धामा थियो ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पोखरा इन्जिनियरिङ कलेजबाट स्ववियु निर्वाचनमा ऐतिहासिक रूपमा जितको खाता खोलेको बताए । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको सुरुवातमा नेविसंघको जितले उत्साहित बनाएको प्रतिक्रिया दिए ।
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।
काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।