# भर्खरै
Namaste Icon
Ad

सुर्खेतमा हाईलेक्स जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेतमा हाईलेक्स जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् । छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार बिहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ७ बस्ने चालक वर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने वर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने वर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने वर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको छ ।

यस्तै, दैलेख भैरवी गाउँपालिका ५ बस्ने वर्ष २५ का वीरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad