# भर्खरै
Namaste Icon
Ad

झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा कार्की

झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा कार्की

काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । निर्माण पक्षका अनुसार यस चलचित्रमा यसअघि अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगर छनोट भइसकेका छन् ।

चलचित्रमा सुहाना र धिरजलाई जोडीका रुपमा प्रस्तुत गरिने जनाइएको छ । ‘भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन दार्चुला, जनकपुर र काठमाडौंमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । माघ २० गतेदेखि छायांकनमा जाने यो चलचित्र सञ्जय लामाले खिच्ने छन् भने साहिल खानले सम्पादन गर्ने छन् । आउँदो वैशाख १ गते यो चलचित्र प्रदर्शन हुने तयारीका साथ काम अघि बढेको निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad