विश्वासको मत दिएर गल्ती गर्यौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु गलत भएको बताएका छन् । आइतबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले पार्टीले लिएको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताए ।
'हामीले विश्वासको मत दिएर गल्ती गर्यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको थिएँ,' शेखरले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्यो । विश्वासको मत दिनु हुन्थेन ।'
काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।