# भर्खरै
Namaste Icon
Ad

मधेश प्रदेशसका २ स्वतन्त्र सांसद जसपामा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत

मधेश प्रदेशसका २ स्वतन्त्र सांसद जसपामा प्रवेश, उपेन्द्र यादवले गरे स्वागत

जनकपुर । मधेश प्रदेशसभामा स्वतन्त्र निर्वाचित भएका दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । महोत्तरी–२ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (१) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपा प्रवेश गरेका हुन् ।

उनीहरुलाई आइतबार पार्टी कार्यालयमा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् । मधेश प्रदेशसभामा जसपाको १६ प्रदेशसभा सदस्य थिए, दुई जना प्रवेश गरेपछि अब १८ जना हुनेछ ।

सम्बन्धित समाचारहरु

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

Ad