# भर्खरै
Namaste Icon
Ad

सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले जारी गर्‍यो सर्कुलर

सांसद कोइरीलाई पक्राउ गर्न प्रहरीले जारी गर्‍यो सर्कुलर

काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको छ । सांसद महतोलाई पक्राउ गर्न देशभर सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता टेक प्रसाद राईले जानकारी दिए ।

गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई लिखित रूपमा पत्राचार गरेपछि प्रहरीले देशभरका जिल्लालाई सर्कुलर जारी गरेकाे हाे । 
गृह मन्त्रालयले लिखित रूपमा पत्राचार गरेपनि महतोलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । सांसद महतोले पुस २६ गते प्रधानमन्त्रीलाई विश्वाशको मत दिन संसद भवन पनि पुगेका थिए । नेकपा एमालेका सांसद कोइरी महोत्तरी क्षेत्र नम्बर–१ बाट निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

Ad