# भर्खरै
Namaste Icon
Ad

ऋचा शर्मालाई अष्ट्रेलियामा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड

ऋचा शर्मालाई अष्ट्रेलियामा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

फिल्मका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि फेस्टिभलमा सम्मान गरिएको थियो । अन्य मुलुकका फिल्मले समेत प्रतिस्पर्धा गरेको फेस्टिभलमा यो नेपाली छोटो फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको र विदेशी निर्माता नेपालमा फिल्म छायांकन गर्न इच्छुक रहेको निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो फिल्मले यसअघि पनि सिंगापुरको ओल्ड फिल्म कार्निभल फेस्टिभल लगायतका महोत्सवमा अवार्ड जितेको थियो । डेढ दशकदेखि अष्ट्रेलियामा रहँदै आएका निर्देशक तिमल्सिनाले फिल्ममार्फत पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ । २८ मिनेटको यो फिल्ममा छोराको भूमिकामा तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् ।

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ।  एमाले नेत्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ की प्रदेश सभा सदस्य माननीय डोल्मा तामाङ, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, परिबर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, बरिष्ठ अभिनेत्री रेजिना उप्रेती, संचिता लुइँटेल, नायक सबिन श्रेष्ठ, पत्रकार निर्देशक माधब राज खरेल बिशेष अतिथि रहेका थिए भने कार्यक्रममा अन्य कलाकार लागायत बिशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

Ad