# भर्खरै
Namaste Icon
Ad

चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति बैठकले आउँदो जेठभित्र देशैभर संगठन बिस्तार गर्ने निर्णय गरेको हो । पार्टीका महामन्त्रीसमेत रहेका प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गर्दै चैतसम्म जिल्ला निर्वाचन समितिहरू गठन गरिने जनाएका छन् । जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने तयारी छ ।

हामन्त्री ढकालका अनुसार यही माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू हुनेछन् र उक्त भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने तयारी छ । माघ १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला हुनेछ । माघ १६ गते मधेशको जनकपुर, माघ १८ गते बागमतीको मकवानपुर, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २६ गते सुदूरपश्चिमको धनगढी र माघ २८ गते कर्णालीको सुर्खेतमा प्रदेश भेला हुने केन्द्रीय समितिले निर्णय गरेको छ ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad