सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन खुल्याे

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पुँजी दुई अर्ब १० करोडको १० प्रतिशत अर्थात् २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये दुई लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीलाई बाँडफाँट गरिसकेको छ ।
यस्तै, सामूहिक लगानी कोषलाई एक लाख पाँच हजार कित्ता सेयर बाँडफाँट गरिसकेको छ । आयोजना प्रभावित स्थानीयलाई पनि १० लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ । ४२ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ३३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।