# भर्खरै
Namaste Icon
Ad

प्रहरीका सबै इकाइमा दलित कक्ष निर्माण गर्न दलित आयोगको निर्देशन

प्रहरीका सबै इकाइमा दलित कक्ष निर्माण गर्न दलित आयोगको निर्देशन

काठमाडौं । राष्ट्रिय दलित आयोगले नेपाल प्रहरीका सबै इकाइ दलित कक्ष स्थापना गर्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई आयोगको कार्यालयमा बोलाएर छलफलपछि यस्तो निर्देशन दिएको हो । संसदीय समितिको निर्देशनपछि सरकारले नै दलित कक्ष स्थापना गर्न निर्देशन दिइसकेकाले उक्त निर्देशनको तत्काल कार्यान्वयन गर्न आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रहरी महानिरीक्षक सिंहलाई निर्देशन दिएका हुन् । उनले भने, ‘संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका तत्कालिन सभापति कृष्णभक्त पोखरेलले नै गृह मन्त्रालयलाई प्रहरीका हरेक इकाइमा दलित कक्ष गठन गर्न निर्देशन दिएको थियो । त्यसै निर्देशन अनुसार तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन नै दिइसक्नुभएको थियो । त्यसैले उक्त निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय तत्काल कार्यान्वयनमा जानुपर्यो ।’

प्रहरी महानिरीक्षक सिंहले भने प्रहरीका मुद्धा चल्ने सबै इकाइमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक कक्षले नै दलित कक्षको काम गर्दै आएको जानकारी गराए । उनले भने, ‘हामीसँग पहिलेदेखि नै हेडक्वार्टरमा नै महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय छ । उक्त निर्देशनालय मातहत सबै मुद्धा चल्ने इकाइमा महिला, बालबालिका तथा जेष्ठ नागरिक कक्ष छन् । ति कक्षले नै दलित कक्षको पनि काम गरिरहेको छ । दलित कक्ष नै छुट्टै बनाउदाँ त्यसले अर्को अर्थ दिने हो कि भनेर हामीले छुट्टै नबनाएको हो ।’

आयोगका सदस्यसमेत रहेका प्रवक्ता सुन्दर पुर्कुटीले भने प्रहरीका सबै इकाइमा छुट्टै दलित कक्ष नै निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रहरी महानिरीक्षक सिंहलाई संसदीय समितिको निर्देशन र गृह मन्त्रालयको परिपत्र अनुसार नै प्रहरी प्रधान कार्यालयले छुट्टै दलित कक्ष निर्माण गर्नुपर्ने बताए । आयोगले जातीय छुवाछुतका मुद्धाबारे प्रहरी कार्यालयमा उजुरी गर्दा अझै पनि प्रहरी सम्बेदनशिल नभएको, उजुरी नलिने गरेको भन्दा जातीय छुवाछुतका मुद्धामा सम्बेदनशिल हुन पनि प्रहरी महानिरीक्षकलाई निर्देशन दिएको छ । यस्तै सामाजिक सञ्जालमा जातीय विभेद विरुद्धका अभिव्यक्ति पछिल्लो समय बढिरहेको भन्दै त्यस्ता कार्य विरुद्ध प्रहरीको साइबर ब्यूरो चनाखो भएर काम गर्नुपर्नेमा आयोगले जोड दिएको छ ।

छलफलमा आयोगका सदस्य मेहल पार्टी, मिना सोव लगायतको उपस्थिति रहेको थियो । प्रहरी प्रधान कार्यालयले यसै विषयमा केहि दिन भित्र प्रहरी प्रधान कार्यालय र आयोगका विचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने प्रहरी महानिरीक्ष सिंहले जानकारी गराएका थिए ।

सम्बन्धित समाचारहरु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस

Ad