# भर्खरै
Namaste Icon
Ad

प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी पोखरेललाई

प्रहरी प्रवक्ताको जिम्मेवारी डिआइजी  पोखरेललाई

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेललाई दिइएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमबार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्न भनेका हुन् ।

काठमाडौंसहित पश्चिम नेपालमा भुकम्पको धक्का

 काठमाडौं । काठमाडौंमा भुकम्पको धक्का महशुस भएको छ । पश्चिम नेपालमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । काठमाडाैंसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा दिउँसो साढे २ बजे भूकम्पको धक्का महसुस गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

Ad