सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।
यसअघि, गत वर्षको फागुन २५ गते छापावाल सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा करोबार भएको थियो । त्यसको एक वर्षपछि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भएको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम भएको छ ।
काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।