# भर्खरै
Namaste Icon
Ad

फरार सांसद कोइरीलाई पक्राउ गरेर देखाउन रघुवीर महासेठको चुनौती

फरार सांसद कोइरीलाई पक्राउ गरेर देखाउन रघुवीर महासेठको चुनौती

काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न चुनौती दिएका छन् । संसदको आजको बैठकमा बोल्दै महासेठले महतो आफ्नो पार्टीको सम्पर्कमा नरहेको भन्दै गृह प्रशासनलाई पक्राउ गर्न चुनौती दिएका हुन् । पहिलाको सरकारले महतोलाई समात्ने काम किन गरेन भन्दै उनले उल्टै प्रश्न गरे ।

महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अपराधी हो भने वर्तमान सरकार लक्ष्मी महतोलाई सम्मानित र प्रतिष्ठित पदकबाट सरकारले सिफारिस गरेर किन दिएको । त्यो बेला अपराध हेर्नुभएन ? पहिलेको सरकारले लक्ष्मी महतोको मुद्दा आजको होइन। सात वर्षभन्दा बढी भइसक्यो असईका हत्या भएको ।’

लक्ष्मी महतो हाम्रो पार्टीको सम्पर्कमा नभएको भन्दै उनले प्रहरीले हिरासतमा लिएको भए सार्वजनिक गर्न पनि माग गरे । सांसद महतोलाई पक्राउ गर्न एमालेको कुनै पनि नेताहरूबाट बाधा अवरोध नआउने पनि उनले बताए ।

सम्बन्धित समाचारहरु

काठमाडाैं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन्। यही माघ २५ गते हुने उपनिर्वाचनका लागि दसौंदी र आचार्यले दाङको घोराहीस्थित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा पुगी मनोनयन दर्ता गरेका हुन् । उनीहरु दुवै जना रोल्पाका हुन् ।

वामदेव गौतमलाई माधव नेपालले गरे यस्ताे प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad