# भर्खरै
Namaste Icon
Ad

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भीर

संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।

नयाँ बानेश्वरको सडकमा इलामको पञ्चकन्याका अन्दाजी ३६ वर्षीय प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैँलाई आगो लगाएका थिए ।

उनलाई प्रहरीले उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल लगेको र अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार घटनाको कारण खुल्न बाँकी छ ।

सम्बन्धित समाचारहरु

काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

काठमाडौं । राष्ट्रिय दलित आयोगले नेपाल प्रहरीका सबै इकाइ दलित कक्ष स्थापना गर्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई आयोगको कार्यालयमा बोलाएर छलफलपछि यस्तो निर्देशन दिएको हो । संसदीय समितिको निर्देशनपछि सरकारले नै दलित कक्ष स्थापना गर्न निर्देशन दिइसकेकाले उक्त निर्देशनको तत्काल कार्यान्वयन गर्न आयोगका अध्यक्ष देवराज विश्वकर्माले प्रहरी महानिरीक्षक सिंहलाई निर्देशन दिएका हुन् । उनले भने, ‘संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका तत्कालिन सभापति कृष्णभक्त पोखरेलले नै गृह मन्त्रालयलाई प्रहरीका हरेक इकाइमा दलित कक्ष गठन गर्न निर्देशन दिएको थियो । त्यसै निर्देशन अनुसार तत्कालिन गृहमन्त्री बालकृष्ण खाणले प्रहरी प्रधान कार्यालयलाई लिखित निर्देशन नै दिइसक्नुभएको थियो । त्यसैले उक्त निर्देशन अनुसार प्रहरी प्रधान कार्यालय तत्काल कार्यान्वयनमा जानुपर्यो ।’

प्रतिक्रिया दिनुहोस

Ad