# भर्खरै
Namaste Icon
Ad

खानीखोलाको विकास तथा जीवनस्तर सुधार मेरो प्राथमिकता : सांसद लामा

खानीखोलाको विकास तथा जीवनस्तर सुधार मेरो प्राथमिकता : सांसद लामा

काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका ‍सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।

जनताले पाँच बर्षका लागि दिएको म्याडेटलाई एक इन्च दायाँबायाँ नगरी यहाँको जनताको लागि निरन्तर सुखःदुखमा सधै उभिने उनले बताए । उनले भने, ‘जनताका सबै पीडाहरु प्रति परिचित छु, यस ठाउँको बारेमा थप गहिरो अनुसन्धान गरेर यस ठाउँको लागि पहिलो प्राथामिक्तामा राखेर काम गर्ने छु ।’

यसैगरी कार्यक्रमको प्रमुख अथिति काभ्रे क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य सुर्यमान दोङले खानीखोलाको जनताको निमित्त काम गर्ने बताए । सो कार्यक्रमा बिभिन्न दलका नेताहरुको उपस्ठिति रहेको थियो नेकपा एमाललेका नेता तथा पूर्व मन्त्री चन्द्र लामाले आफु चुनावमा हारे पनि जनताबाट टाढा नहुने बताए ।

सम्बन्धित समाचारहरु

बागमती प्रदेशमा अब कुन-कुन मन्त्रालय रहन्छन् ?

काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।

म सेवक भएर काम गर्छु : मुख्यमन्त्री रावल

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको गुनासो पोखेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनलाई क्लबका सभापति एवं प्राइम टाइम्स् टेलिभिजनका अध्यक्ष ऋषि धमलाले खादा ओढाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । उनले मुख्यमन्त्री रावललाई जनताको पक्षमा राम्रा काम गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

Ad