# भर्खरै
Namaste Icon
Ad
Ad

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कति ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य मंगलबार हालसम्मकै महँगोमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ६ हजार ३०० रुपैयाँ कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ ।


आइपिओ बिक्री गर्दै शुभम पावर, अधिकतम कति कित्ताका लागि आवेदन दिन मिल्छ ?

काठमाडौं । सर्वसाधारणका लागि शुभम पावरले माघ १८ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्कासन गर्न लागेको हो ।


नेपाल वायुसेवाका तीन पाइलटलाई निलम्बन गर्न निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडाैं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त उपाध्यक्ष श्रेष्ठलाई सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथग्रहण गराएका हुन् ।


एशियन लाइफकाे नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो । कम्पनीको आव २०७८।७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुसार कम्पनीले आफ्ना बीमितहरुका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।


सुपर मादी हाइड्रोपावरको आईपीओमा आवेदन खुल्याे

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।


२० वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन कुन छन् नाफामा ?

काठमाडौं । २० वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनकि गरेका छन् । नबिल बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम बैंक, सनराइज बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकको वित्तिय विवरण सार्वजनिक भएको हो ।


तीन हजारबाट सुरु भएको सरकारीको सम्पती २ अर्व ६६ करोड

काठमाडौं । भक्तपुरकै सवैभन्दा ठूलो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको सम्पती २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जनाएको छ । ३१ जनाको तीन हजार एक सय रकमबाट सुरु भएको संस्थाले हाल १६ हजार एक सय २३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी गराइएको हो ।


आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्थालाई हटाउने निर्णयको नाडाद्वारा स्वागत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा विभिन्न अटोमोवाइल बस्तुहरुको आयातमा एल.सि खोल्दा अनिवार्य नगद मार्जिन राख्नु पर्ने व्यवस्थालाई हटाउने निर्णयको नाडा अटोमोबाइस्ले स्वागत गरेको छ । नाडाले एक विज्ञप्तिमार्फत नेपाल राष्ट्र बैंकको हालको योे निर्णयहरुले अटोमोवाइल लगायतका व्यवसायहरुमा धेरै हदसम्म सकारात्मक प्रभाव पार्ने देखिएको जनाएको छ ।


आत्मनिर्भर लघुवित्तले आईपिओ निष्काशन गर्दै, क-कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर निष्काशन गर्न लागेको हो ।


Ad